Technology 

१३ वर्षअघि सधैंको लागि अस्ताएका स्टिभ जब्स, तर अझै जारी छ उनको विरासत

१९ असोज, काठमाडौँ । एप्पलका सहसंस्थापक स्टिभ जब्सको निधन आजभन्दा ठीक १३ वर्षअघि अर्थात् अक्टोबर ५, २०११ मा भएको थियो । पृथ्वीबाट उनको भौतिक शरीर अस्ताए पनि उनको योगदानले पारेको प्रभाव अझै निरन्तर चलिरहेको छ । हरेक वर्ष स्टिभ जब्सको स्मृति दिवसमा एप्पलले कुनै न कुनै रूपमा श्रद्धाञ्जली व्यक्त गरिरहेको हुन्छ । खासगरी एप्पलको होमपेज परिवर्तन गर्नेदेखि उनकै नामको पेसमा श्रद्धाञ्जलीका शब्द राख्ने सुविधा एप्पलले ल्याएको छ । सन् २०२१ मा एप्पलले जब्सकी श्रीमती लरिन पवेल जब्बको सन्देश होमपेजमा राखेको थियो । सन् २०२३ मा एप्पलका सीईओ टिम कुकले जब्सको…

Read More
Main Headlines Society 

१४ जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषणा

१९ असाेज, काठमाडौं । सरकारले काठमाडौँ, ललितपुर, भक्तपुरसहित १४ जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले काठमाडौँ उपत्यकाका तीन जिल्लासहित १४ जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको हो । अविरल वर्षाका कारण बाढी र पहिरोले क्षति पुर्‍याएका १४ जिल्लालाई सङ्कटग्रस्त जिल्लाको रूपमा घोषणा गरेको सरकारले उल्लेख गरेको छ । गत शुक्रबार र शनिबार देशैभर अविरल वर्षा हुँदा ठुलो जनधनको क्षति भएको थियो । अविरल वर्षका कारण बाढी र पहिरोले धेरै ठुलो जनधनको क्षति गरे सँगै राहत, उद्धार, पुनर्निर्माण र पुनस्र्थापना सघन रूपमा…

Read More
Main Headlines Political Finance Society 

प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण

१९ असोज, काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शुक्रबार एकैदिन तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले शुक्रबार आफ्नो संस्थागत सहयोगको चेक हस्तान्तरण गरेका हुन् । कोषमा कृषि विकास बैँकबाट एक करोड ५० लाख, नागरिक लगानी कोषबाट ५१ लाख, एसबिआइ बैँकबाट २५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनबाट ३१ लाख, नेपाल पूर्वाधार विकास बैँकबाट २५ लाख, ओरियन्टल इन्स्योरेन्सबाट १५ लाख, सिमेक्स इन्क प्रालि (बिवाइडी) कम्पनीबाट ५१ लाख रकम…

Read More
International Main Headlines 

नेपालले कार्बन बिक्रीबाट एक अर्ब ६० करोड प्राप्त गर्दै

१९ असोज, काठमाडौँ । विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट रु एक अर्ब ६० करोड प्राप्त गर्दै छ । सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजङ्गलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रले जनाएको छ । नेपालले तराई भूपरिधि कार्यक्रमअन्तर्गत बागमती नदीबाट महाकाली नदीसम्मका तराईका १३ जिल्लामा छ वर्षमा दुई दशमलव चार मिलियन टन कार्बन सञ्चिति गरेबापत सो रकम पाउन लागेको हो । प्रतिटन कार्बनको पाँच अमेरिकी डलरका दरले नेपालले यही अक्टोबरभित्र रु एक अर्ब ६०…

Read More