Main Headlines Society 

१४ जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषणा

१९ असाेज, काठमाडौं । सरकारले काठमाडौँ, ललितपुर, भक्तपुरसहित १४ जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले काठमाडौँ उपत्यकाका तीन जिल्लासहित १४ जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको हो ।

अविरल वर्षाका कारण बाढी र पहिरोले क्षति पुर्‍याएका १४ जिल्लालाई सङ्कटग्रस्त जिल्लाको रूपमा घोषणा गरेको सरकारले उल्लेख गरेको छ । गत शुक्रबार र शनिबार देशैभर अविरल वर्षा हुँदा ठुलो जनधनको क्षति भएको थियो । अविरल वर्षका कारण बाढी र पहिरोले धेरै ठुलो जनधनको क्षति गरे सँगै राहत, उद्धार, पुनर्निर्माण र पुनस्र्थापना सघन रूपमा गर्न सङ्कटग्रस्त जिल्ला घोषणा गरिएको हो ।

सरकारले बाढीपहिरोले सबैभन्दा बढी क्षति भएका जिल्लालाई उच्च प्राथमिकता दिएर काम गर्न सङ्कटग्रस्त जिल्ला घोषणा गरेर काम गर्न लागेको हो । सरकारले सङ्कटग्रस्त जिल्ला घोषणा गरेपछि बजेटदेखि पुनर्निर्माणलाई उच्च प्राथमिकता दिएर काम हुने छ ।

यसअघि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको शुक्रबार बसेको बैठकले बाढीपहिरो र डुबानबाट बढी प्रभावित विभिन्न जिल्लाका स्थानीय तहलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको थियो । गृहमन्त्री रमेश लेखकको नेतृत्वमा बसेको उक्त बैठकले १४ जिल्लाका विभिन्न पालिकालाई विपत् सङ्कटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस गरेको हो ।

बाढी, पहिरो र डुबानबाट सबैभन्दा धैरै मानवीय तथा भौतिक क्षति भएका जिल्ला पाँचथर, ओखलढुङ्गा, उदयपुर, सर्लाही, रौतहट, सिन्धुली, मकवानपुर, चितवन, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, दोलखा, रामेछाप र काभ्रे जिल्ला र ती जिल्लाका विभिन्न स्थानीय तहलाई सङ्कटग्रस्त घोषणा गर्न सिफारिस थियो ।

Related posts

Leave a Comment