Main Headlines 

एक हप्तामा बाँडियो ९३ करोड सुकिला नोट

२१ असाेज, काठमाडौं । दशैँका लागि सर्वसाधारणले गएको एक सातामा नेपाल राष्ट्र बैँकबाट ९४ करोड रुपैयाँ सुकिला नोट सहटी सुविधा लिएका छन् । गत असोज १३ गते देखि २० गते (हिजो) सम्ममा ९३ करोड ८० लाख रुपैयाँ सटही भएको केन्द्रिय बैंकका सह प्रवक्ता डा.डिल्लीराम प्रोख्रेलले बताए । उनका अनुसार यो रकम राष्ट्र बैँकको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयबाट साटिएको रकम हो । बैँकले यो पटक ५, १०, २०, ५० र १०० को नोटको सटही सुविधा दिएको छ । राष्ट्र बैंकको केन्द्रीय कार्यालयले सटही सुविधा शुरु गरेको पहिलो दिन असोज १३…

Read More
Banking 

महालक्ष्मी विकास बैंक बन्यो पहिलो भिसा ३डी सेक्युर्ड कार्ड प्रदान गर्ने विकास बैंक

२१ असाेज, काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम डलर तथा एन.पी.आर कार्डहरु मार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भिसा ३डी सुविधा थप गरेको छ । नेपालमा यस्तो सुविधा प्रदान गर्नेमा विकास बैंकहरु मध्ये महालक्ष्मी विकास बैंक पहिलो बैंक बनेको छ । यस सुविधा थप गरे सँगै ग्राहकहरुले गर्ने अनलाइन कारोबारको सुरक्षा तहमा थप वृद्धि हुनेछ जसले गर्दा ग्राहकहरुको आफ्नो कार्डको विवरण अनाधिकृत रुपबाट प्रयोग हुनबाट जोगिनेछ । प्रत्येक कारोबार समेत प्रमाणीकरण हुनेछ । यस प्रक्रिया अन्तर्गत ग्राहकहरुले…

Read More
Banking 

चितवनमा प्रभु बैंकले पहिलाे पटक सुरु गर्यो ‘एजुकेशन हब’

२१ असाेज, काठमाडाैं । वैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजता प्रदान गर्ने उद्देश्यले प्रभु बैंकले एजुकेसन हबको सुरुवात गरेको छ । आज नारायणगढमा एक कार्यक्रमका बीच बैंकले हबको शुभारम्भ गरेको हो । चितवन र सो जिल्ला वरपरका विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै सेवा सुरु गरेको प्रभु बैंकको चितवन क्लष्टर प्रमुख सांग्रिला श्रेष्ठले जानकारी दिइन् । शैक्षिक ऋणका लागि चितवनका विद्यार्थी तथा अभिभावकलाई काठमाडौं जाने बाध्यता समेत हटेको उनले बताइन् । एजुकेसन लोनको परामर्श तथा प्रक्रियाका लागि विद्यार्थीले एजुकेसन हब अथवा प्रभु बैंकको जुनसुकै शाखाबाट सेवा लिन सक्ने क्लष्टर…

Read More
Share Market 

नेप्सेमा ३७.१३ अंकको वृद्धि, ७ अर्ब ९ करोडको कारोबार

२१ असाेज, काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से ३७.१३ अंकले बढेर दुई हजार ६ सय ९० दशमलव ७२ विन्दुमा बन्द भएको हो । नेप्सेमा ७ अर्ब ९ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १७६ वटाको बढेको छ भने ६६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.९३ प्रतिशतले बढेको…

Read More
Banking Business 

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

२१ असाेज, काठमाडाैं । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाताअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ। यस बैंकका खातावाला भीमप्रसाद निरौलाको दुर्घटना भई मृत्यु भएकाले निजको हकवालालाई बीमा रकम हस्तान्तरण गरिएको हो। सानिमा बैंकको तर्फबाट बिर्तामोड शाखाका शाखा प्रबन्धक माधवप्रसाद वाग्ले र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रदेश प्रमुख ठाकुर उप्रेतीले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेका हुन्। दुर्घटनाका कारण मृत्यु भएका भीमप्रसाद निरौलाले सानिमा बैंकको बिर्तामोड शाखामा सानिमा प्लाटिनम पेरोल बचत खाता खोलेका थिए। सानिमा बैंकले प्लाटिनम पेरोल बचत खाताअन्तर्गत…

Read More
Banking 

एभरेष्ट बैंकको ३० औं वार्षिक साधारण सभा सम्पन्न, १६ प्रतिशत बोनस प्रस्ताव पारित

२१ असाेज, काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । यस सभाले शेयरधनीहरुलाई आ।ब २०८०\८१ का लागि १०.५ बोनस शेयर र ५.५३५ नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै यस सभाले वेैंकको संचालक समितिमा सर्बसाधारण शेयरधनीहरुका तर्फबाट नबिन भक्त श्रेष्ठ र श्रीमती उर्मीला श्रेष्ठलाइ आगामी ४ बर्षकालागि पुन निर्विरोध निर्वाचित गरेको छ । आ।ब २०८१\८२ को लागि एन। अमात्य एंड कम्पनीलाइ…

Read More
Business Gold & Silver 

सोमबार पनि घट्यो सुनको भाउ

२१ असाेज, काठमाडाैं । सुनको भाउ सोमबार पनि घटेको छ । साताको पहिलो कारोबार दिन आज आइतबार ४०० रुपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला ५०० रुपैयाँ घटेको हो । सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको भाउ १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएका थियो । त्यस्तै सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा…

Read More
Main Headlines Society 

गौशाला धर्मशाला २१ वर्षपछि मारवाडीको कब्जाबाट मुक्त

२१ असोज, काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबिच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले २०८० साउन १७ गते मारवाडी सेवा समितिसँग भएको नौबुँदे सम्झौता खारेज गर्ने निर्णय गरेपछि समितिले दायर गरेको मुद्दामा अदालतले दाबी नपुग्ने फैसला गरेको हो । समितिले करार रद्द गर्ने निर्णय बदर गरी यथावत् पुनर्बहाली गरिपाऊँ भनी जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतका सूचना अधिकारी मेलिस बाँस्कोटाले समितिले दायर गरेको मुद्दामा…

Read More
Business Main Headlines Society 

आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला

२१ असोज, काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँमा बिक्री खुला गरेको हो । यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुुट दिएर एक हजार २२० रुपियाँमा बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । खाद्यले २०८ वटा खसी बोका र २८५ वटा च्याङ्ग्रा ल्याइसकेको र अरू ल्याउने क्रम जारी रहेको थापथली स्थिति प्रादेशिक खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख ज्ञानु थापाले बताइन् ।…

Read More
Banking Business Main Headlines 

स्रोत व्यवस्थापन गर्दै अर्थ मन्त्रालय

२१ असोज, काठमाडौँ । अर्थ मन्त्रालयले बाढीपहिरोले अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको आइतबार बसेको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढीपहिरोले धेरै ठुलो जनधनको क्षति भएको र उद्धार, राहत र पुनर्निर्माणमा थप स्रोत लाग्ने भएकाले त्यसको गृहकार्य गर्न निर्देशन दिनुभएको हो । बाढीपहिरोले गर्दा १७ अर्बभन्दा बढीको क्षति भएको सरकारको प्रारम्भिक अनुमान छ । अर्थतन्त्र सुधारतर्फ गइरहेका बेला बाढीपहिरोले गर्दा मानवीय क्षतिका साथसाथै निजी आवास, सडक, जलविद्युत्, शैक्षिक संस्था, कृषि, व्यवसायलगायतका क्षेत्रमा भएको क्षतिले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्ने…

Read More