Share Market 

नेप्सेमा ३७.१३ अंकको वृद्धि, ७ अर्ब ९ करोडको कारोबार

२१ असाेज, काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से ३७.१३ अंकले बढेर दुई हजार ६ सय ९० दशमलव ७२ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा ७ अर्ब ९ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १७६ वटाको बढेको छ भने ६६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.९३ प्रतिशतले बढेको छ भने दोल्ती पावर कम्पनीको शेयरमूल्य ९.६८ प्रतिशतले बढेको छ ।

स्टर्न हाइड्रोपावरे लिमिटेडका शेयरमूल्य १० प्रतिशतले घटेको छ भने चन्द्रागिरी हिल्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको २६ करोड २३ लाख बराबरको कारोबार भएको छ ।

Related posts

Leave a Comment