Banking 

सानिमा बैंकले बाढीपहिरो प्रभावितका लागि दियो २५ लाख

२२ असाेज, काठमाडौं । सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रूपैयाँ सहयोग गरेको छ। पछिल्लो अविरल वर्षाले निम्त्याएको बाढीपहिरो र डुबानबाट पुगेको क्षतिबाट प्रभावितलाई सहयोग गर्न राहतस्वरुप संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरिएको बैंकले जनाएको छ। बैंकले यसअघि पनि विभिन्न विपदको क्रममा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आएको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटीएम संचालनमा रहेका छन् ।

Read More
Main Headlines Society 

बाढीपहिरोले कृषिमा त्रिचालिस करोडको क्षति

२२ असोज, बनेपा । गत साताको बाढीपहिरोबाट काभ्रेपलाञ्चोक जिल्लामा करिब ४३ करोड रुपियाँ बराबरको खाद्यान्न तथा तरकारी बालीमा क्षति पुगेको छ । कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्क अनुसार बाढीपहिरोबाट जिल्लामा ४२ करोड ७१ लाख रुपियाँ बराबरको बाली क्षति पुगेको हो । कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले कार्यालय सङ्कलन गरेको क्षतिको प्रारम्भिक विवरण अनुसार बाढीपहिरोबाट जिल्लाका १३ वटा स्थानीय तहमा ६७० हेक्टरमा धान बाली, ३० हेक्टरमा मकै बाली र ४२८ हेक्टरमा तरकारी बालीमा क्षति पुगेको बताउनुभयो । उहाँले क्षेत्रफलका दृष्टिले धान खेतमा बढी क्षेत्रफलमा क्षति भए पनि आर्थिक रूपमा…

Read More
Business Gold & Silver 

लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ

२२ असाेज, काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य घटेको छ। सोमबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ। यो…

Read More
Travels & Tourism 

पर्यटन क्षेत्र बिस्तारै पुरानै लयमा

२२ असोज, काठमाडौँ । प्रतिकूल मौसमका कारण प्रभावित पर्यटन क्षेत्रले बिस्तारै पुरानो लय समात्न थालेको छ । लगातारको वर्षासँगै उच्च हिमाली क्षेत्रमा भएको बाक्लो हिमपातका कारण रोकिएको आरोहण आलो हिउँ पग्लिएसँगै पुनः सुचारु भएको छ भने पदयात्रामा रहेका पर्यटकसमेत आफ्नो गन्तव्यमा पुगेका छन् । पर्यटन विभागका निर्देशक राकेश गुरुङले भन्नुभयो, “गोरखाको उत्तरी क्षेत्र र मुस्ताङको टुकेचे हिमाली क्षेत्रमा भएको भारी हिमपातका कारण अवरुद्ध आरोहण पुनः सुरु भएको छ । करिब पाँच फिटसम्म हिउँ जमेका कारण रोकिएको आरोहण हिउँ पग्लिएपछि सुचारु भएको हो ।” सबैभन्दा बढी आरोहीले अनुमति लिएको मनासलुमा आरोहण सकिने…

Read More
Sports 

कर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समा

२२ असाेज, काठमाडौँ । हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले अक्सनबाट कर्णाली प्रदेशका तीन खेलाडी टोलीमा समावेश गरेको छ । आइतबार काठमाडौंमा भएको नेपाल प्रिमियर लिग (एनपिएल)को अक्सनबाट कर्णाली याक्सले १० खेलाडी खरिद गर्दा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै घरेलु क्रिकेट खेलिसकेका तीन खेलाडी टोलीमा समावेश गरेको हो । अर्जुन घर्ती, युनिशविक्रम सिंह ठकुरी र दीपेन्द्र रावत कर्णालीका हुन् । अर्जुन ‘बी’ श्रेणीका हुन् भने युनिश र दीपेन्द्र ‘सी’ श्रेणीका हुन् । कर्णाली याक्समा निर्देशक सह–मालिक गृहेन्द्र घिमिरेले योजनाअनुसार नै कर्णालीका खेलाडी टोलीमा समावेश गरेको बताएका छन् । ‘कर्णाली…

Read More