Banking 

सानिमा बैंकले बाढीपहिरो प्रभावितका लागि दियो २५ लाख

२२ असाेज, काठमाडौं । सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रूपैयाँ सहयोग गरेको छ।

पछिल्लो अविरल वर्षाले निम्त्याएको बाढीपहिरो र डुबानबाट पुगेको क्षतिबाट प्रभावितलाई सहयोग गर्न राहतस्वरुप संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरिएको बैंकले जनाएको छ।

बैंकले यसअघि पनि विभिन्न विपदको क्रममा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आएको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटीएम संचालनमा रहेका छन् ।

Related posts

Leave a Comment