Main Headlines Society 

दशैं त गाउँमै रमाइलो

२६ असोज, म्याग्दी । खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला। वर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश। हरियाली पहाडको पृष्ठभूमिमा देखिने सेताम्मे हिमशृङ्खला। रातोमाटो र कमेरो पोतेर रङ्गिएका घर। लिङ्गे र रोटेपिङ्गमा मच्चिदाँको आनन्द। अचेल यस्तै छ म्याग्दीका गाउँघरको माहोल। सहर बजार र विदेशिएकाहरू दसैँ पर्व मनाउन जन्मथलो फर्किएपछि म्याग्दीका यहाँका बस्ती गुञ्जायमान छन्। अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका तीर्थ फगामी भन्नुहुन्छ, “अघिपछि गाउँघरमा उतिसारो युवा हुँदैनन्। पेसा, व्यवसाय, अध्ययन र रोजगारीको सिलसिलामा देश, विदेश पुगेका हुन्छन् तर चाडपर्वको बेला जन्मथलो फर्किएपछि गाउँघरको रौनक नै अर्कै हुन्छ। चाडपर्वले वर्षौपछिका आफन्त, साथीभाई…

Read More