Agriculture Business 

लोप हुँदै मखानखेती

०३ कार्तिक, महोत्तरी । मखानखेतीका लागि उर्वर भूमि मानिएको महोत्तरीमा मखानखेती लोप हुँदै गएको छ । कुनै बेला मिथिला क्षेत्रकै आम्दानीको स्रोत मानिएको मखानखेती लोप हुन थालेको जलेश्वर नगरपालिका–१ का किसान विजय मुखियाले बताए । किसानहरुले आम्दानीका लागि पोखरीमा माछापालन गर्न थालेपछि मखानखेती लोप हुन थालेको उनको भनाइ छ । जिल्लामा चाडबाड, पूजाआजा, विवाह व्रतबन्धजस्ता शुभकार्य होस् या मृत्यु र श्राद्ध कर्ममा समेत मिथिलामा मखानको प्रयोग हुने गर्दछ । मखान आयआर्जनको माध्यमसँगै मिथिलाको संस्कृति जोगाउने उपक्रम र परम्परागत पुर्ख्यौली पेसा पनि रहेको जलेश्वर नगरपालिका–५ का सांस्कृतिविद् ध्रुव राय बताउँछन् ।…

Read More
Banking 

बैंकहरूको घरजग्गामा जाने लगानी दुई महिनामा ५ अर्बले घट्यो

०३ कात्तिक, काठमाडाैँ। चालू आर्थिक वर्षका दुई महिनामा अर्थतन्त्रका अधिकांश सूचक सुधारिएका छन्। अर्थतन्त्रमा सुस्तता कायमै रहे पनि सरकारको चालु खाता ४९ अर्ब माथि छ भने शोधानान्तर स्थितिमा पनि उल्लेख्य सुधार देखिएको छ। साउन र भदौ महिनामा महँगीको जनाउ दिने उपभोक्ता मुद्रास्फीति घटेर ३.८५ प्रतिशतमा आइपुगेको छ। यस्तै गत वर्षको दुई महिनाको तुलनामा यो वर्षको भदौ महिनासम्म आयात बढ्दा निर्यात भने घटेको छ। विदेशी मुद्राको प्रमुख स्रोत रहेको रेमिट्यान्स १५ प्रतिशतले बढेको छ। यस अवधिमा शोधानान्तर स्थिति एक खर्ब माथिको बचतमा रहँदा सरकारसँग १३ महिनाको वस्तु तथा सेवाको आयात धान्ने…

Read More
Agriculture 

नेपालमा लगानी गर्न कृषिमन्त्रीको आग्रह

०३ कात्तिक, काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा लगानी गर्न लगानीकर्तालाई आग्रह गर्नुभएको छ । इटालीको राजधानी रोममा आयोजना भएको विश्व खाद्य मञ्च–२०२४ को लगानीसम्बन्धी सत्रलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले नेपाल सरकारले यसै वर्षदेखि कृषिमा लगानी दशक घोषणा गर्न लागेको हुँदा बढीभन्दा बढी लगानी गर्न आग्रह गर्नुभयो । उहाँले दिगो कृषि, खाद्य सुरक्षा, हरित उत्पादन र रूपान्तरित कृषि तथा खाद्य प्रणालीलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । नेपाल जैविक विविधताले भरिपूर्ण रहेको र यसले समग्र कृषि क्षेत्रको दिगोपनामा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उहाँले नेपालको खाद्य…

Read More
Cooperative Main Headlines Society 

रवि लामिछाने कास्की प्रहरीको हिरासतमा, भोलि अदालतमा उपस्थित गराइने

०३ कात्तिक, काठमाडाैँ। सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका सांसद, पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्की पुर्‍याइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरी राति नै स्थलमार्गबाट पोखरा लगेको हो। लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्की पुर्‍याइएको थियो। उनलाई राति करिब २:४५ बजेतिर प्रहरी कार्यालयमा प्रवेश गराइएको थियो। लामिछानेलाई त्यहाँ पुर्‍याउँदा रास्वपाका केही कार्यकर्ताले प्रहरी कार्यालय अघि नाराबाजी गरेका थिए। लामिछानेलाई अब अदालतमा उपस्थित गराइनेछ र…

Read More
Business Main Headlines 

बाढीले क्षति पुर्याएको काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण धमाधम, तिहारअघि सञ्चालनमा ल्याउने लक्ष्य

०३ कात्तिक, इलाम । इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण धमाधम भइरहेको छ । नेपाल विद्युत प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत आयोजनाहरुले संयुक्त रुपमा प्रसारण लाइन पुनर्निर्माण तथा पुनस्र्थापनाको काम गरिरहेका छन् । प्रसारण लाइन पुनर्निर्माण तथा पुनस्र्थापना तिहारअघि नै सम्पन्न गर्ने गरी काम भइरहेको छ । प्राधिकरणले प्रसारण लाइनका पाटपूर्जाहरुलगायतका सामाग्रीहरु उपलब्ध गराएको छ । निजी क्षेत्रका जलविद्युत आयोजनाहरुले श्रम लागतलगायतका खर्च बेहोरहेका छन् । यसका लागि प्रत्येक आयोजनाले निश्चित रकम योगदान गरेका…

Read More