Gold & Silver 

अमेरिकी डलरको मजबुतीले सुनको मूल्यमा आइतबार पनि नयाँ रेकर्ड

०४ कात्तिक, काठमाडौं । नेपाली बजारमा सुनको भाउले लगातार पाँच दिन नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले भदौ २९ गतेदेखि लगातार रेकर्ड कायम गरेको हो । असोज २९ गते प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको भाउ ३० गते प्रतितोला १३ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै कात्तिक १ गते बिहीबार प्रतितोला ६०० रुपैयाँले बढेर एक लाख ६२ हजार ४०० रुपैयाँ पुगेको सुन शुक्रबार २ हजार रुपैयाँले बढेर तोला कै एक लाख ६४ हजार ४०० रुपैयाँ पुगेको थियो ।

आज पुनः ६०० रुपैयाँ बढेसँगै सुनको भाउ नयाँ उचाइमा पुगेको छ । आज सुनको भाउ तोलाको एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार शुक्रबार चाँदी दुई हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी एक हजार ९८० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा देखिएको द्धन्दको प्रभावसँगै अमेरिकी डलरको विनिमय दरमा देखिएको मजवुतिले सुनको मुल्यमा नयाँ रेकर्ड कायम गर्न सहयोग पु¥याएको बिश्लेषकहरुको भनाई छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेसँगै भाउमा पनि वृद्धि भएको हो । लगानीकर्ताहरु सुनमा बढी आकर्षित हुँदा भाउ वृद्धि भएको व्यवसायीहरु बताउँछन् ।
इजरायलले हमासका प्रमुख याह्या सिनवारको हत्या गरेको बताएपछि मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भूराजनीतिक अनिश्चितताका बीच ब्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको रूपमा कारोबार गर्दा यसको मागमा आएको वृद्धिले सुनको भाउ ह्वात्तै बढेको हो ।

इजरायलले गाजामा हमास र हालै दक्षिणी लेबनानमा हिजबुल्लाहसँग लडिरहेको बेला मध्यपूर्वको सङ्कटलाई लिएर सुन बजार प्रभावित भएको हो । केन्द्रीय बैङ्कहरूले ब्याजदर घटाउने उपाय अपनाउँदा यस वर्षको सुरुदेखि नै सुनको मूल्यमा ३० प्रतिशतको हाराहारीमा वृद्धि हुन पुगेको थियो । मूल्यमा देखिएको निरन्तरको वृद्धिले गर्दा सुन लगानीकर्ताका लागि थप आकर्षक सम्पत्ति बनेको छ ।

युक्रेनमा लामो समयदेखि चलिरहेको युद्धका बारेमा चिन्ताले व्यापारीहरूमा सुरक्षित लगानीको चाहना बढ्नुलाई स्वभाविक मानिएको छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय २१.४१ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३३.७१ डलरमा कारोबार भइरहेको छ ।

Related posts

Leave a Comment