International Main Headlines 

१६औं ब्रिक्स सम्मेलन आजदेखि

०६ कार्तिक, काठमाडाैँ । १६औं ब्रिक्स आजदेखि शिखर सम्मेलन शुरू हुँदैछ । रुसको अध्यक्षतामा कजान शहरमा हुने सम्मेलनमा यो समूहका ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच विकासशील देश सहभागी हुनेछन् । सम्मेलनको सन्दर्भमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुने बीबीसीले जनाएको छ । महासचिव गुटेरेसको सन् २०२२ अप्रिलपछि रुसको यो पहिलो भ्रमण हो । पुटिनले बिहीवार अक्टोबर २४ मा गुटेरेससँग द्विपक्षीय वार्ता गर्नेछन् । यसअघि ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले भने टाउकोमा लागेको चोटका कारण ब्रिक्स शिखर सम्मेलनका लागि रुसको भ्रमण…

Read More
Gold & Silver 

सुन र चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड

०६ कात्तिक, काठमाडौं । सुन र चाँदीको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ । मंगलबार सुन तोलामा ३ सय रुपैयाँ बढेको छ । यो वृद्धिपछि प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ६५ हजार ६ सय रुपैयाँ थियो । चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाइरहेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेसँगै चाँदी २१०० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले मूल्य तय हुने भएकाले विश्वका ठूला लगानीकर्ताको मनोभावनासँग यो जोडिएको विषय हो…

Read More
Main Headlines Society 

पशुपतिको धर्मशालाबारे अध्ययन गर्न समिति, तीस दिन म्याद  

०६ कार्तिक, काठमाडौँ । पशुपति धर्मशालाको विषयमा यथार्थ अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवको नेतृत्वमा छ सदस्यीय अध्ययन समिति गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा धर्मशालाका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न छ सदस्यीय अध्ययन समिति गठन गरिएको उल्लेख छ । अध्ययन समितिका अन्य सदस्यहरुमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपससचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव, पुरातत्व विभागका उपसचिव र संस्कृति,…

Read More
International 

राष्ट्रसङ्घका महासचिवलाई भेट्दै पुटिन

०६ कार्तिक, काठमाडौँ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्ने क्रेमलिनले बताएको छ । महासचिव गुटेरेसको सन् २०२२ अप्रिलपछि रुसको यो पहिलो भ्रमण हो । केन्द्रीय रूसी शहर कजानमा आयोजना हुने ब्रिक्स सम्मेलनको सन्दर्भमा उनहरूबीच भेट हुनेछ । पश्चिमले रूसलाई युक्रेन आक्रमणका कारण अलग गर्न प्रयास गरेको छैन भन्ने देखाउन मस्कोले मञ्चको उपयोग गर्न चाहन्छ । पुटिनले अक्टोबर २४ मा गुटेरेससँग द्विपक्षीय वार्ता गर्ने क्रेमलिनका सल्लाहकार युरी उशाकोभले सोमबार पत्रकारहरूलाई बताए । महासचिव गुटेरेसले रूसको सैन्य आक्रमणप्रति बारम्बार आलोचना गर्दै यसले ‘वैश्विक स्तरमा खतरनाक…

Read More