Gold & Silver 

सुन र चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड

०६ कात्तिक, काठमाडौं । सुन र चाँदीको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ ।

मंगलबार सुन तोलामा ३ सय रुपैयाँ बढेको छ । यो वृद्धिपछि प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन १ लाख ६५ हजार ६ सय रुपैयाँ थियो । चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाइरहेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेसँगै चाँदी २१०० रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले मूल्य तय हुने भएकाले विश्वका ठूला लगानीकर्ताको मनोभावनासँग यो जोडिएको विषय हो ।

मध्यपूर्वी युद्ध र अमेरिकी चुनावको नतिजापछि आउन सक्ने अनिश्चितताले सुनको मूल्य बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तर्राष्ट्रियस्तरका विभिन्न अध्ययनले पनि सुनको भाउ बढ्ने प्रक्षेपण गरिरहेका छन् । लण्डन बुलियन मार्केट एसोसिएसनले सुनको मूल्य आगामी १२ महिनाभित्र प्रतिऔंस २९४१ डलरसम्म पुग्ने अनुमान गरेको छ । एक औंस बराबर २.४३ तोला हुन्छ । लण्डन बुलियन मार्केट एसोसिएसनको अनुमान मान्ने हो भने नेपाली बजारमा तोलाको १ लाख ७८ हजार रुपैयाँ एक वर्षभित्रै पुग्नेछ ।

प्रक्षेपणको आधार भने खुलस्त पाइँदैन । यो प्रक्षेपण मात्रै भएकाले वास्तविक परिवेशमा नमिल्न सक्ने भएकाले विश्वास गरेर कारोबार नगर्न पनि एसोसिएसनले आग्रह गरेको छ ।

Related posts

Leave a Comment