Banking Share Market 

बैंकहरूको कमजोर वित्तीय विवरणले झार्‍यो सेयर बजार

०७ कात्तिक, काठमाडौं । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण कमजोर देखिँदा त्यसको नकारात्मक प्रभाव सेयर बजारमा परेको छ । समग्र सेयर बजारमा बैंकिङ सेक्टरको प्रभाव सबैभन्दा धेरै पर्ने गर्छ । बैंकहरूको पहिलो त्रैमासिक वित्तीय विवरणमा औसत नाफामा सुधार त देखिएको छ तर त्यो नाफा खुद ब्याज आम्दानी (मुख्य बिजनेस) बढेर नभई नियामकीय प्रावधानमा केही सहजताका कारण भएको छ । अर्कोतर्फ निष्क्रिय कर्जामा सुधार देखिएको छैन । बैंकहरूले नउठेको कर्जा उठाउने र त्यसले वितरणयोग्य नाफा उच्च दरमा बढ्ने अनुमान रहे पनि कतिपयको वितरणयोग्य नाफा नै ऋणात्मक…

Read More
Banking Business Share Market 

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

०७ कार्तिक, काठमाडाैं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले कूल एक लाख ६२ हजार ९५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । कम्पनीको सेयरमा संस्थापकि सेयरधनी लगायत योग्य व्यक्ति-कम्पनी-संघ-संस्थाहरुले पनि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले आजदेखि कात्तिक ९ गतेसम्म आवेदन दिन सक्ने छन् । संस्थापक शेयर प्रति कित्ता न्युनतम मूल्य १८० रुपैयाँ तोकिएको छ । वोलपत्र आवेदन फाराम प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाण्डौवाट प्राप्त गर्न सकिने छ । वोलपत्र पेश गर्दा न्युनतम १ लाख ६२ हजार ९५० कित्ताको लागि आवेदन दिनु पर्नेछ…

Read More
Banking Business 

इम्पेरिमेन्ट चार्ज बढ्दा एनआईसी एसिया बैंकको नाफामा भारी गिरावट

०७ कात्तिक, काठमाडौं । एनआईसी एसिया बैंकको नाफामा भारी गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा समीक्षा अवधिमा ८९ प्रतिशत घटेको हो । बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएकोमा यो वर्षको सोही अवधिमा ११ करोड ५ लाख रुपैयाँ मात्रै कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी जम्मा २ रुपैयाँ ९१ पैसा छ। बैंकको नाफामा भारी गिरावट आउनुमा खुद ब्याज आम्दानीसँगै फी तथा अन्य कमिसन आम्दानी घट्नु र इम्पेरिमेन्ट चार्ज बढ्नु हो । खुद ब्याज…

Read More
Banking Business 

कुमारी बैंकको नाफा ४ गुणा बढ्यो

०७ कात्तिक, काठमाडौं । कुमारी बैंकको नाफा ४ गुणाले बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १ अर्ब ७ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २६ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको इम्पेरिमेन्ट चार्ज घटेकाले नाफामा टेवा पुगेको देखिन्छ । इम्पेरिमेन्ट चार्ज पहिले ३ अर्ब १८ करोड रहेकोमा अहिले ६३ करोडमा झरेको छ । खुद ब्याज आम्दानी घटेको छ । खुद ब्याज आम्दानी गत आवको पहिलो त्रैमासमा ३ अर्ब ४ करोड रहेकोमा अहिले २ अर्ब…

Read More
Business Gold & Silver 

सुन-चाँदीको मूल्यले दैनिक बनाउँदै रेकर्ड

०७ कार्तिक, काठमाडाैं । सुनको भाउले बुधबार पनि रेकर्ड कायम गरेको छ । दसैँपछि लगातार रेकर्ड कायम गर्दै आएको सुनले आज पनि नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार बुधबार चाँदी प्रतितोला दुई हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा…

Read More
Banking Business 

नबिल बैंकले तीन महिनामै कमायो २ अर्ब ५ करोड

०७ कार्तिक, काठमाडाैंं । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सबैभन्दा बढी नाफा कमाएको छ। सो बैंकले पहिलो ३ महिनामा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। समिक्षा अवधिमा बैंकको सञ्चालन नाफा ३६.०९ प्रतिशतले बढेर २ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी भने ०.८१ प्रतिशतले घटेर ४ अर्ब १४ करोड रुपैयाँमा सीमित भएको छ ।…

Read More
Business Main Headlines Political Finance 

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा

०७ कार्तिक, काठमाडाैँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ बराबर रकम जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको यो विवरण यही कात्तिक ४ गतेसम्मको हो। उक्त कोषमा विभिन्न सङ्घ संस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन्। यस्तै व्यक्तिगत रुपमा पनि कोषमा रकम जम्मा भएको छ। सरकारले गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ। विपद् प्रभावितलाई सहज रुपमा राहत उपलब्ध गराउन…

Read More