Business 

नेपालमा लगानी गर्न विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह

०८ कार्तिक, काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन अमेरिका गएका नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्व समुदायलाई आग्रह गरेका छन् । बुधबार विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै पदाधिकारीहरुसँगको भेटघाटका क्रममा उनले नेपालमा हाल लगानीमैत्री वातावरण रहेको तथा वैदेशिक लगानीका लागि आवश्यक पर्ने कानुनहरुमा पनि संशोधन भएकाले लगानीका लागि सो आग्रह गरे । अध्यक्ष ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले आवश्यक समन्वय गर्ने पनि आस्वस्त पारे। अन्तर्राष्ट्रिय वित्त निगम आइएफसीका दक्षिण एसिया निर्देशक इमाद फाकुरीसँग…

Read More
Insurance 

लाइफ इन्स्योरेन्स कर्पोरेशनको ८८.४५ प्रतिशत हकप्रद पछिको मूल्य निर्धारण

०८ कार्तिक, काठमाडाैं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको ८८ दशमलव ४५ प्रतिशत हकप्रद शेयरपछिको मूल्य तोकिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीवार कम्पनीको हकप्रद शेयर प्रयोजनका लागि मूल्य समायोजन गर्दै हकप्रद शेयर पछिको शेयरमूल्य प्रतिकित्ता १ हजार १०१ रुपैयाँ ८५ पैसा तोकेको हो । कम्पनीको बिहीवार कायम अन्तिम शेयरमूल्य १ हजार ९८८ रुपैयाँको आधारमा नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले हकप्रद निष्कासनको मिति तय गर्न बाँकी रहेपनि बुक क्लोजको मिति भने कात्तिक ९ गते एक दिनका लागि तय गरिसकेको छ । बुक क्लोजको आधारमा कात्तिक…

Read More
Business Main Headlines Society 

तिहारका लागि सुनको असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

०८ कार्तिक, काठमाडाैं । नेपाल राष्ट्र बैंकले तिहारका लागि सुनको असर्फी र चाँदीका सिक्का बिक्री खुला गर्ने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग अन्तर्गत टक्सार महाशाखाले आज एक सूचना जारी गर्दै सुनको असर्फी र चाँदीका सिक्का बिक्री खुला गर्न लागिएको जानकारी गराएको हो  ।  महाशाखाले २।५ ग्रामका सुनको असर्फी प्रतिव्यक्ति एक थानका दरले फर्स्ट कम फर्स्ट सर्भडका आधारमा कात्तिक १३ गते मंगलबार १ दिनमात्र बिक्री खुला गर्नेछ।  ग्राहकले बिहान ११ बजेदेखि मौज्दात कायम रहेमा मध्याह्न ४ बजेसम्म महाशाखाबाट सुनका असर्फी खरिद गर्न सक्नेछन्। यसैगरी कात्तिक ११ गतेदेखि कात्तिक १४…

Read More
Business Gold & Silver 

निरन्तर रेकर्ड बनाउँदै बढेको सुन र चाँदीको मूल्यमा ब्रेक

०८ कार्तिक, काठमाडौँ । निरन्तर सात दिनसम्म रेकर्ड बनाउदै बढेको सुन र चाँदीको मूल्य कात्तिक ८ गते, बिहीबार, घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेको हो । पछिल्ला सात कारोबार दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको थियो । नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, यस दिन चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेको छ । बिहीबारको बजारमा…

Read More
Banking 

पहिलो त्रैमासमा २ वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारबाही

०८ कार्तिक, काठमाडाैँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ वटा वाणिज्य बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन्। नियम उल्लंघन गर्ने दुई बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो। राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई बैंक खाता खोल्दा/सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी अपनाएको नदेखिएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को (क) अनुसार सचेत गराएको छ। यसैगरी, लकर रोक्का राख्न राष्ट्र बैंकबाट दिईएको निर्देशन पालना नगरेकाले प्रभु बैंक लिमिटेडलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) (क) अनुसार सचेत गराइएको राष्ट्र…

Read More
Banking 

तीन महिनामा वाणिज्य बैंकहरुको नाफा झण्डै ३ अर्ब, कुनको कति ?

०८ कार्तिक, काठमाडाैँ । वाणिज्य बैंकहरुले चालू आवको ३ महिनामा ११ करोडदेखि २ अर्ब ५ करोडसम्म नाफा आर्जन गरेका छन्। साउन, भदौ र असोजमा बैंकहरुको नाफा साढे २१ प्रतिशतले बढेको हो। सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ८ वटाको घट्दा १२ वटाको नाफा बढेको बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले देखाएको छ। विवरणअनुसार गत वर्ष सोही अवधिमा १३ अर्ब ३४ करोड रुपैयाँ नाफा कमाएका वाणिज्य बैंकहरुले यस वर्ष १६ अर्ब २३ करोड रुपैयाँ पुर्‍याएका हुन्। समग्रमा यो २१.६३ प्रतिशतले बढेको नाफा हो। ३ महिनामा ग्लोबल आईएमई बैंकको नाफा २३.३६ प्रतिशत, नेपाल…

Read More
Agriculture Business Main Headlines Society 

मुस्ताङबाट यस वर्ष रु ९२ करोड बढीको स्याउ निर्यात

०८ कार्तिक, म्याग्दी । स्याउको राजधानी भनेर चिनिने हिमालपारिको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङी किसानले रु ९२ करोड बढी जिल्लामा भित्र्याएका छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष करिब सात हजार तीन सय ३० मेट्रिकटन स्याउ उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र प्रमुख राजेश गुरुङले भने, “यस वर्ष मुस्ताङमा हालसम्मकै धेरै स्याउ उत्पादन भयो । प्रारम्भिक मूल्याङ्कनअनुसार यस वर्ष करिब रु ९३ करोडको हाराहारीमा स्याउ निर्यात भएको पाएका छौँ, पूरै तथ्याङ्क अझै आइसकेको छैन । यस वर्ष…

Read More