Insurance 

तीन महिनामा जीवन बिमा कम्पनीहरूले गरे ४१ अर्बको व्यापार, रिलायबल, नेशनल र सिटिजनको व्यापारमा उच्च बृद्धि

१३ कार्तिक, काठमाडौँ । चालु आर्थिक बर्ष (आव) २०८१/८२ को पहिलो त्रैमासमा जीवन बिमा कम्पनीहरूको व्यापार २७ करोड ८५ लाख रुपैयाँले बृद्धि भएको छ । नेपाल बिमा प्राधिकरणको तथ्याङ्क अनुसार हाल नेपालमा सञ्चालित १४ ओटा बिमा कम्पनीहरूको व्यापार गत आवको पहिलो त्रैमासको तुलनामा समीक्षा अवधिमा ०.६८ प्रतिशतले बृद्धि भएको हो । गत बर्ष असोज मसान्तसम्म जीवन बिमा कम्पनीहरूले ४० अर्ब ८० करोड १६ लाख रुपैयाँ बराबरको व्यापार गरेकोमा यस बर्ष सोही अवधिमा ४१ अर्ब ८ करोड १ लाख रुपैयाँबढीको व्यापार गरेका हुन् । गत बर्षको तुलनामा दुई ओटा बिमा कम्पनीबाहेक…

Read More
Agriculture 

धान उत्पादन घट्यो

१३ कार्तिक, काठमाडाैँ । दाना लाग्ने समयमा धानको बालामा मरुवा रोगले आक्रमण गर्दा उत्पादन खस्कने भएको छ । पानी र मौसम अनुकूल भएका कारण प्रतिहेक्टर ४.२ मेट्रिक टन उत्पादन हुने आकलन रहेकामा ३.९ मेट्रिक टन उत्पादन भएको कृषि विकास कार्यालय चितवनले जनाएको छ । कार्यालय प्रमुख झलकनाथ कँडेलका अनुसार जिल्लामा ५० प्रतिशत धान काटिसक्दा उत्पादन खस्किएको पाइएको हो । छिटो धान रोपिने पूर्वी चितवनमा धान भित्र्याउने क्रममा अध्ययन गर्दा यस्तो पाइएको उहाँले जानकारी दिनुभयो । पूर्वी चितवनमा धानको उत्पादकत्व अध्ययन गर्ने ‘क्रप कटिङ’ काम सकिएको र भरतपुर तथा माडीमा यसै…

Read More
Business Main Headlines Society 

कोरला नाकामा अध्यागमन कार्यालय स्थापना

१३ कात्तिक, गलेश्वर (म्याग्दी) । चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार केही दिनमै अध्यागमन कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी छ । सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीका अनुसार कार्यालय उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ । उक्त कार्यालय सञ्चालनमा आएपछि आवश्यक वस्तु आयात र निर्यात दुवै सहज हुने उहाँले बताउनुभयो । विशेषगरी भेडा च्याङ्ग्रा आयात निर्यातमा सहज हुनुका साथै नाकामा आवतजावत तथा व्यापारिक कारोबार सजिलो हुने आशा गरिएको छ । अध्यागमन कार्यालय स्थापना भएपछि भिसा लगाएर नाका…

Read More
Main Headlines Society 

भाइ टीकाको उत्तम साइत आइतबार ११:३७ बजे

१३ कार्तिक, काठमाडाैँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको सोमबार बसेको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ । यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक १३ गते मंगलबारदेखि सुरु हुँदैछ । मंगलबार धनत्रयोदशी (धनतेरस)पर्व मनाइन्छ । यमदीपदान भने कात्तिक १४ गतेदेखि बुधबार परेको छ । कागतिहार…

Read More
Banking 

नेपाल एसबिआई बैंकको खुद नाफा ७० प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो छ ?

१३ कार्तिक, काठमाडाैँ । चालु आर्थिक बर्ष २०८१/८२ को पहिलो त्रैमासमा नेपाल एसबिआइ बैंकको खुद नाफा ७०.०१ प्रतिशतले बृद्धि भएको छ । गत बर्ष असोज मसान्तसम्म ४७ करोड ९१ लाख ७८ हजार रुपैयाँ नाफा आर्जन गरेको बैंकले समीक्षा अवधिमा सो रकम बढाएर ८१ करोड ३६ लाख ५१ हजार रुपैयाँ पुर्याएको हो । इम्पेरिमेन्ट चार्ज (रिभर्स) रकम १९३.५२ प्रतिशतले घटेर २७ करोड ७६ लाख रुपैयाँ ऋणात्मक भएसँगै बैंकको खुद मुनाफामा उच्च बृद्धि भएको हो । बैंकको खुद ब्याज आम्दानी २.४३ प्रतिशत र कुल सञ्चालन खाम्दानी ०.४७ प्रतिशतले घटेको छ । नेपाल…

Read More