Main Headlines Prabas 

न्यूयोर्कमा दीपावलीको अवसरमा विद्यालय बिदा

१४ कात्तिक, न्यूयोर्क (अमेरिका)। इतिहासमै पहिलो पटक हिन्दु पर्व दीपावली मनाउनका लागि न्युयोर्क सहरका विद्यालयहरू नोभेम्बर १ मा बन्द हुने भएका छन् । “यस वर्षको दीपावली विशेष छ। न्युयोर्क सहरको इतिहासमा पहिलो पटक दीपावली पर्वका लागि नोभेम्बर १ शुक्रबारका दिन विद्यालय बन्द गरिने भएको छ,” मेयरको अन्तर्राष्ट्रिय मामिला विभागका उपायुक्त दिलीप चौहानले बताउनुभयो । “११ लाख विद्यार्थी रहेको न्युयोर्क सहरमा विद्यालय सार्वजनिक बिदा घोषणा गर्न सजिलो छैन”, चौहानले भन्नुभयो, “विभिन्न समुदायका नेता, अधिवक्ता, निर्वाचित अधिकारीहरूले धेरै वर्षदेखि यस विषयमा पहल गरिरहेका थिए । अन्ततः न्युयोर्क सहरका मेयर एरिक एडम्सको प्रशासनले…

Read More
Health Lifestyle 

कम्मर स्लिम बनाउन हुनसक्छ यी पेयपदार्थ उपयोगी

१४ कार्तिक, काठमाडौँ । बढ्दो तौलले तपाईंको व्यक्तित्वलाई मात्र असर गर्दैन, त्यसले धेरै रोगहरु पनि निम्त्याउन सक्छ । यदि तपाईंले आफ्नो दैनिक दिनचर्यामा थोरै ध्यान दिनुभयो भने तौल घटाउन पनि त्यति समस्या छैन । जसका लागि धेरै चीजहरू प्रभावकारी हुन सक्छन् । विशेषगरी गर्मीमा तौल घटाउने उत्तम पेयहरूले शरीर परिवर्तनको लागि चमत्कार गर्न सक्छ । जसको सेवनले तपाईंकाे झुन्डिएको पेटबाट छुटकारा पनि पाउन सक्नुहुन्छ । यी हुन् तौल घटाउने मदत पुर्याउने पेयपदार्थ- दालचिनी चिया यदि तपाईंलाई सुत्नुअघि चिया पिउने वा मीठो खानेकुरा खाने बानी छ भने दालचिनीको चिया तपाईंको लागि…

Read More
Automobiles 

ट्रायम्फले भारतीय बजारमा ल्यायो टाइगर सिरिजका नयाँ बाइक, यस्ता छन् फिचर

१४ कात्तिक, काठमाडौँ । ट्रायम्फले भारतीय बजारमा टाइगर सिरिजका नयाँ बाइकहरू सार्वजनिक गरेको छ । बेलायती बाइक निर्माता कम्पनीले ल्याएको बाइकमा टाइगर १२०० जीटी प्रो, टाइगर १२०० जीटी एक्सप्लोरर, ट्राइम्फ १२०० र्‍याली प्रो र ट्राइम्फ १२०० र्‍याली एक्सप्लोरर रहेका छन् । टाइगर १२०० रेन्जले यसको राइडको गुणस्तरमा थप सुधार गर्ने र यसको विश्वव्यापी अपिललाई थप वृद्धि गर्ने ट्रायम्फका सीपीओ स्टिभले बताएका छन् । कम्पनीले ११६० सीसी क्षमताको लिक्विड कुल्ड डीओएचसी इन लाइन थ्री सिलिन्डर इन्जिन उपलब्ध गराएको यी बाइकले १५० पीएस पावर र १३० एनएमको टर्क जेनेरेट गर्छ । हाइड्रोलिक,…

Read More
Banking 

गरिमा विकास बैंकले आज हुने साफ च्याम्पियनसिपमा नेपाली टीमलाई प्रति गोल १ लाख पुरस्कार दिने

१४ कात्तिक, काठमाडौं । गरिमा विकास बैंकले साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटबलको फाइनल खेलमा नेपाली महिला फुटबल टिमलाई प्रति गोल रु. १ लाख पुरस्कार दिने भएको छ ।  बुधबार बैंकले सूचना जारी गर्दै दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुन गइरहेको साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटबलको फाइनल खेलमा नेपाली टीमलाई प्रति गोल रु. १ लाखको दरले पुरस्कार प्रदान दिने घोषणा गरेको हो । बंगलादेश विरुद्धको फाइनल खेलमा नेपाली टीमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टीमलाई प्रति गोल रु. १ लाख प्रदान गर्नेछ । नेपालमा फुटबल खेलको विकास, प्रवर्द्धन तथा खेलाडीहरूलाई…

Read More
Main Headlines Sports 

काठमाडौं महानगरले तीन ठाउँमा साफ वुमेन्स च्याम्पियनसिपको फाइनल देखाउने

१४ कार्तिक, काठमाडौँ । काठमाडौं महानगरपालिकाले तीन ठाउँमा साफ वुमेन्स च्याम्पियनसिपको फाइनल खेल देखाउने भएको छ । एन्फाले सीमित टिकट बिक्री गरेपछि काठमाडौं महानगरले काठमाडौंको टुँडिखेल, हाँडीगाउँ र चाबहिलमा ठूलो पर्दामा खेल देखाउने मेयर बालेन्द्र शाहका स्वकीय सचिव भुपदेव शाहले बताए । नेपाल र बंगलादेशबीच साफ वुमेन्स च्याम्पियनसिपको फाइनलको टिकट सबै बिक्री भएको छ । सेमिफाइनलमा दर्शकको भीड बढेकाले अखिल नेपाल फुटबल संघ(एन्फा) ले बुधबार सीमित संख्या टिकट बेचेको हो । दशरथ रंगशालाको दर्शक क्षमता १५ हजार भए पनि एन्फाले १० हजार २ सय हाराहारीमा मात्र टिकट बेचेको हो ।…

Read More
Main Headlines Sports 

साफ वुमेन्स च्याम्पियनसिप फाइनल : सबै टिकट ‘सोल्डआउट’

१४ कार्तिक, काठमाडौँ । नेपाल र बंगलादेशबीच साफ वुमेन्स च्याम्पियनसिपको फाइनलको टिकट सबै बिक्री भएको छ । सेमिफाइनलमा दर्शकको भीड बढेकाले अखिल नेपाल फुटबल संघ(एन्फा) ले बुधबार सीमित संख्यामा टिकट बेचेको हो । दशरथ रंगशालाको दर्शक क्षमता १५ हजार भए पनि एन्फाले १० हजार २ सय हाराहारीमा मात्र टिकट बेचेको हो । एन्फाले बुधबार साधारणतर्फ ५ हजार १ सय टिकट बेचेको छ । त्यस्तै माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले खल्तीबाट बेचिसकेका ४ हजार १ सय १७ टिकट पनि एन्फाले उपलब्ध गराएको छ । माउन्ट एभरेस्टसँग सम्झौता रद्द हुनुअघि नै…

Read More
Agriculture Business Main Headlines Society 

फूलको बजारीकरण गर्न पुष्प प्रर्दशनी

१४ कार्तिक, तनहुँ । किसानले उत्पादन गरको फूलको बजारीकरणका लागि तनहुँको आँबुखैरेनी गाउँपालिकाले पुष्प प्रदर्शनी गरेको छ । ‘प्राकृतिक फूलमाला प्रयोग गरौं, स्थानीय उत्पादनलाई प्रोत्साहन गरौं’ भन्ने नाराका साथ तिहारको उपलक्ष्यमा गाउँपालिकाद्वारा  आँबुखैरेनी बजारमा बुधबारबाट पुष्प प्रर्दशनी गरिएको हो । तिहार नै मुख्य रुपमा फूल बिक्री गर्ने समय भएको सो अवधिभरको लागि पर्दशनी गरिएको गाउँपालिकाले जनाएको छ । प्रदर्शनीमा गाउँपालिकाले फूल र मालाको मूल्य निर्धारण गरेको छ । आँबुखैरेनी गाउँपालिकाको कृषि शाखाका प्रमुख सन्तोष केसीले आकर्षण एक मिटर मालाको प्रति माला एक सय ५० रुपियाँ कायम गरिएको छ । साधारण मालाको…

Read More
Gold & Silver 

एकैदिन २२ सय बढेर सुनले आज फेरि बनायो अहिलेसम्मकै महँगो मूल्यको रेकर्ड

१४ कार्तिक, काठमाडौँ । सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (बुधबार) सुनको मूल्य एक लाख ७० हजार सातसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ६८ हजार पाँचसय रुपैयाँ थियो। आज एकैदिन २२ सय रुपैयाँ बढेर सुन अहिलेसम्मकै महँगो बनेको हो। चाँदी पनि आज महँगिएको छ। चाँदी आज तोलाको दुई हजार एक सय २० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य दुई हजार एक सय पाँच रुपैयाँ थियो। चाँदी आज तोलामा १५ रुपैयाँ बढेको हो।सुनको…

Read More