Business 

निगमले घटायो डिजेल र मट्टितेलको मूल्य

१५ कात्तिक, काठमाडौँ। डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगम सञ्चालक समितिको आज बसेको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपियाँ घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एकसय ४७ रुपियाँ ५० पैसा, दोस्रो वर्गका लागि एकसय ४९ रुपियाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एकसय ५० रुपियाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो…

Read More
International 

युक्रेनबारे चीन र रुसबीच छलफल, पश्चिमाको आलोचना

१५ कार्तिक, काठमाडौँ । चीनका विदेशमन्त्री वाङ यीले बुधबार बेइजिङमा रुसका उप–विदेशमन्त्रीसँग युक्रेन सङ्कटबारे छलफल गरेका छन् । पश्चिमी नेताहरूले मस्कोको उत्तर कोरियासँगको बढ्दो सम्बन्धको निन्दा गरिरहेको बेला यो बैठक भएको छ । वाङले आन्द्रेई रुडेन्कोलाई चीन र रुसबीचको सम्बन्ध ‘अपरिहार्य’ र ‘बलियो’ रहेको बताए । उनले भने, “यो सम्बन्ध बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिबाट प्रभावित छैन र यो कुनै तेस्रो पक्षप्रति लक्षित वा प्रभावित छैन ।” संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले रुसमा उत्तर कोरियाली सैनिकहरूको उपस्थितिको आलोचना गरेपछि तनाव बढेको छ । उत्तर कोरियाली विदेशमन्त्री चोए सन हुई मस्कोमा आफ्ना रुसी…

Read More
Main Headlines Society 

आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती

१५ कात्तिक, काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए। यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा समेत चिनाए। नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका उनको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा…

Read More
Main Headlines Society 

आज धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीपूजा मनाइँदै

१५ कात्तिक, काठमाडौँ । कात्तिकः यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी आज श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ । लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको…

Read More