नेपालमा लगानी गर्न कृषिमन्त्रीको आग्रह
०३ कात्तिक, काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा लगानी गर्न लगानीकर्तालाई आग्रह गर्नुभएको छ । इटालीको राजधानी रोममा आयोजना भएको विश्व खाद्य मञ्च–२०२४ को लगानीसम्बन्धी सत्रलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले नेपाल सरकारले यसै वर्षदेखि कृषिमा लगानी दशक घोषणा गर्न लागेको हुँदा बढीभन्दा बढी लगानी गर्न आग्रह गर्नुभयो । उहाँले दिगो कृषि, खाद्य सुरक्षा, हरित उत्पादन र रूपान्तरित कृषि तथा खाद्य प्रणालीलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । नेपाल जैविक विविधताले भरिपूर्ण रहेको र यसले समग्र कृषि क्षेत्रको दिगोपनामा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उहाँले नेपालको खाद्य…
Read More