Insurance 

बागमतीमा बिमा प्रभावकारी बन्दै, १७ हजार ८३१ परिवारको स्वास्थ्य बिमा

१६ कार्तिक, काठमाडौँ । बागमती प्रदेश सरकारले लोपोन्मुख जाती, सिमान्तकृत समूह र अपाङ्ग परिवारलाई लक्षित गरी सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक, सामाजिक, सांस्कृति र राजनीतिक रुपमा पछाडि परेका लोपोन्मुख जाति, सिमान्तकृत समूह, आश्रममा आश्रित, अपाङ्गता र महिला स्वास्थ्य स्वयंम् सेविकाहरूको परिवारलाई स्वास्थ्य बिमामार्फत गुणस्तरीय औषधोपचार उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालित सो कार्यक्रम प्रभावकारी बन्दै गएको हो । गत आर्थिक वर्ष २०७९/ ८० देखि सञ्चालन भएको बागमती प्रदेश सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत लोपोन्मुख जाति, अति सिमान्तकृत समूह, आश्रममा आश्रित, अपाङ्गता र महिला स्वास्थ्य स्वयंम्…

Read More
Sports 

रोमाको जीत, प्रशिक्षकलाई राहत

इटालियन सिरी ए फुटबलमा रोमाले टोरिनोमाथि १–० गोलको कठिन जीत दर्ता गरेको छ । शुक्रबार विहान सकिएको खेलमा रोमाको जीतसँगै दबाबमा रहेका प्रशिक्षक इभान युरिचले केही राहत पाएका छन् । रोमा प्रशिक्षक युरिचको कार्याकाल रोममा एक महिना मात्र बाँकी भएता पनि पछिल्ला नतिजाले निकै दबाबमा थिए । तर, शुक्रबार विहानको नतिजाले भने उनले राहत महसुस गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । रोमा तीन खेलपछि पहिलोपटक विजयी भयएको हो । रोमका लागि निर्णायक गोल पाउलो डिबालाले खेलको २० औं मिनेटमा गरेका थिए । टोरिनोका करोल लिनेट्टीको गलत ब्याकपासलाई फाइदा उठाउँदै डिबालाले…

Read More
Agriculture Business 

कालीमाटीमा स्कुसको मूल्य १७ मात्रै, स्थानीय काउलीको १२५

च्याउ, कुरिलो, प्याज, बोडी महँगा तरकारी १६ कार्तिक, काठमाडौँ । फलफूलल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (शुक्रबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ। कालीमाटीमा आज पनि सबैभन्दा सस्तो तरकारी स्कुल छ भने सबैभन्दा महँगो तरकारी कुरिलो छ। थोकमा स्कुस १७ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहँदा कुरिलोको मूल्य ७०० रुपैयाँ प्रतिकिलो छ।  कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ८१, भारतीय सानो गोलभेँडा ६५, रातो आलु ८२, भारतीय रातो आलु ६१, सुकेको भारतीय प्याज…

Read More
Main Headlines Society 

तिहारमा पटकाजन्य पदार्थ ओसारपसार गर्नेलाई तीन वर्ष कैद

१६ कार्तिक, काठमाडौँ । तिहारमा पटकाजन्य पदार्थ ओसारपसार तथा प्रयोग गरे तीन वर्षसम्म कैद तथा ३० हजार रुपियाँसम्म जरिवाना हुन सक्छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले नेपालको मुलुकी अपराध संहिता, २०७४ बमोजिम सो कारबाहीको व्यवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको मुलुकी अपराध संहिता, २०७४ बमोजिम पटका र पटकाजन्य पदार्थहरुको अवैध प्रयोग ओसारपसार गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना पनि गर्ने व्यवस्था छ । पटकाजन्य पदार्थको प्रयोगले वातावरणीय प्रदूषणका साथसाथै दुर्घटना पनि निम्त्याउने भएकोले नेपालको कानुनले यस्ता पदार्थको अवैध आयात, ओसारपसार, भण्डारण…

Read More
Cooperative Main Headlines 

रवि लामिछानेको बयान सकियो

फडिन्द्र अधिकारी १६ कात्तिक, लेखनाथ। गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेको बयान सकिएको छ । गोरखा मिडियामा पोखराको सूर्यदर्शन बचत तथा सहकारीको रकम नियम विपरीत लागि ठगी गरेको अभियोगमा पूर्वगृहमन्त्रीसमेत रहनुभएका लामिछानेलाई प्रहरीले कात्तिक २ गते पक्राउ गरेको थियो । कात्तिक २ गते पक्राउ गरी ३ गते बिहान पोखरा ल्याइएपछि उहाँलाई जिल्ला सहकारी वकिलको कार्यालयमा लागि बयान लिने क्रम सुरु भएकोमा बुधबार बयान लिइसकिएको हो । लामिछानेको बयान बुधबार अबेर जिल्ला न्यायाधिवक्ता कमला काफ्ले र यो प्रकरणका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले…

Read More
Society 

जहाँ भारु १०० को १६६ रुपैयाँ तिर्न बाध्य छन् नेपाली ग्राहक

१६ कार्तिक, काठमाडौँ । तिहार र छठका लागि महोत्तरीको सीमापारि बजारमा सामान ल्याउन जाने नेपालीहरूले एक सय भारुका लागि रु एक सय ६६ नेपाली तिरिरहेका छन्। नेपाली ग्राहकसँग भारतीय रुपैयाँ नरहेका कारण भारतीय बजारमा मालवस्तु खरिद गर्दा सयकडा ६ रुपैयाँ बट्टा (कमिसिन) तिर्नुपरेको जलेश्वर नगरपालिका-२ का ग्राहक सुदीश साहले बताए। महोत्तरीसँग सीमा जोडिएको भारतीय बजार भिठ्ठामोड, सुरसण्ड, मधवापुर, साहरघाटका बजारमा अहिले नेपाली ग्राहक चाडबाडको किनमेल गर्न पुगिरहेको अवस्थामा भारतीय व्यापारीले मनपरी ढंगले नेपाली पैसामा बट्टा (कमिसन) लिएर मालवस्तु दिने गरेको जलेश्वर नगरपालिका-८ का ग्राहक राजु मण्डलले बताए। उनले भारतीय बजारमा…

Read More