Business 

के काठमाडौंमा पेट्रोल अभाव भएको हो?

१७ कार्तिक, काठमाडौँ । काठमाडौं उपत्यकामा शुक्रबार पेट्रोलियम पदार्थको अभाव देखिएको छ। थुप्रै पेट्रोल पम्पहरूमा पेट्रोल नभएको सूचना टाँसिएको थियो। तिहारका बेला सवारी साधनमा पेट्रोल भर्न नपाएको गुनासो सर्वसाधारणले गरेका छन्। के साँच्चै काठमाडौंमा पेट्रोल अभाव भएको हो? नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार निगमका तर्फबाट कुनै समस्या छैन र पेट्रोलको भण्डारण पर्याप्त मात्रामा छ। ‘निगमको तर्फबाट केही समस्या छैन। पेट्रोल अभाव हुनपर्ने कुनै कारण छैन। सबै कुरा हेर्दा पनि पर्याप्त नै छ। तैपनि के भएको रहेछ भन्नेबारे हामी बुझ्छौं,’ भट्टले सेतोपाटीसँग भने। निगमका एक उच्च अधिकारीले भने…

Read More
Business 

अमेरिकी डलरको भाउ हिजोकै कायम, अरुको अवस्था के छ ?

१७ कार्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ । अमेरिकी डलरको मूल्य केही दिन अगाडी देखिकै एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७३ रुपैयाँ ३० र बिक्रीदर एक सय ७४ रुपैयाँ ०७ पैसा, स्वीस…

Read More
Business Main Headlines 

तिहारका लागि मुस्ताङबाट ४००० भेडा-च्यांग्रा बिक्री, पोखरादेखि काठमाडौँसम्म लगिए

१७ कार्तिक, काठमाडौँ तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडा-च्यांग्रा बिक्री भएको छ। म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका बजारमा यही कात्तिक महिना सुरु भएदेखि चार हजार ४० भेडा-च्यांग्रा झारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख लालमणी अर्यालका अनुसार यसपालीको दसैँ पर्वका लागि आठ हजार भेडा-च्यांग्रा बिक्री भएको थियो। पशु चिकित्सकले स्वास्थ्य परीक्षण गरेर स्वस्थ्य भेडा-च्यांग्रा मात्र बजार पठाउने गरिएको छ। दसैँ र तिहार पर्वका लागि मुस्ताङको बाटो भएर जिल्लाका कृषकले पालेका सहित डोल्पा र मुगुबाट ल्याइएका भेडा-च्यांग्रा बजारमा बिक्री भएको हो। ‘उत्पादन बढेको र मूल्य…

Read More
Main Headlines Society 

आजबाट नेपाल संवत् ११४५ प्रारम्भ

१७ कार्तिक, काठमाडौँ। नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७(इ सं ८८०)मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराउनुभएको थियो। पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवत्ले राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए। “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उनले भने।…

Read More