Business Main Headlines Society 

छठ पर्वका लागि जनकपुरधाममा मात्र पाँच करोड बराबरको केरा आयात

१९ कार्तिक, काठमाडाैंँ । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र पाँच करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ । जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले छठ पर्वमा सिङ्गै केराको घरी नै भगवानलाई अर्घका रूपमा चढाउने हुँदा माग उच्च हुने र स्थानीय उत्पादनले नधान्ने भएकाले हरेक वर्ष आयात गर्नुपर्ने बाध्यता रहेको बताए । उनले अघिल्लो वर्ष करिब चार करोडभन्दा बढीको केरा भित्र्याइएकामा यसवर्ष करिब पाँच करोड बराबरका ८५ ट्रक केरा भित्र्याइएको जानकारी दिए ।जनकपुरधाममा गोपाल र वंशीभोग केरा नेपालको…

Read More
Business 

आजका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

१९ कार्तिक, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७३ रुपैयाँ ५३ र बिक्रीदर एक सय ७४ रुपैयाँ ३० पैसा तोकिएको छ।स्वीस फ्रयांक एकको खरिददर एक सय ५४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय…

Read More