International 

दिल्ली विश्वकै प्रदूषित सहर, काठमाडौँ १८ औँ स्थानमा

२० कार्तिक, काठमाडौँ । भारतको राजधानी नयाँ दिल्ली वायु प्रदूषित सहरमध्ये विश्वकै पहिलो नम्बरमा दर्ज भएको छ । वायु प्रदुषणको स्तर मापन गर्ने वेबसाइट आईक्यु एयरका अनुसार दिल्लीको प्रदूषण सूचक ४१२ एक्युआई प्लस यूएस रहेको छ । त्यसपछि पाकिस्तानको लाहोर रहेको छ । लाहोरमा वायु प्रदुषण उच्च भएसँगै स्थानीय प्रशासनले लकडान नै जारी गरेको समाचारमा उल्लेख छ। जसअनुसार नोभेम्बर ४ देखि कम्तिमा एक हप्तासम्मका लागि विद्यालय बन्द गरिएको छ । लाहोरको एक्युआई २२० रहेको छ। यस्तै भारतको कलकत्ता तेस्रो स्थानमा रहँदा इजिप्टको कायरो चौथो, बंगलादेशको ढाका पाँचौ, चीनको वुहान प्रदुषित…

Read More
Gold & Silver 

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२० कार्तिक, काठमाडौँ । आज सुनको मूल्य प्रतितोला २ हजार आठ सयले घटेको छ । आजका लागि छापावाला सुन प्रतितोला १ लाख ६८ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि कात्तिक १५ गते छापावाला सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै चाँदीको मूल्यमा प्रतितोला ६० रुपैयाँले घटेको छ । महासंघले एक तोला चाँदीको मूल्य दुई हजार ३० तोकेको छ ।

Read More
Main Headlines Society 

रवि लामिछाने समर्थकमाथि अश्रुग्यास प्रहार

२० कार्तिक, पोखरा । सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि थप अनुसन्धानका लागि प्रहरीले कास्की मंगलबार अदालत लैजाँदै गर्दा उनका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्। सहिद चोकस्थित अदालत लैजाने बाटोमा जिल्ला प्रशासन कार्यालय नजिकै रास्वपा कार्यकर्ताको प्रदर्शन भएको हो। प्रदर्शनमा उत्रिएका कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। पोखराको वाईचोकमा उपस्थित भएका रास्वपा कार्यकर्ताले रविको रिहाइको माग गर्दै सरकार विरोधी नारा लगाएका छन्। कास्की प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको ठाउँतिर रास्वपा कार्यकर्ता जान लागेपछि प्रहरीले अश्रुग्यास हानेर उनीहरुलाई अगाडि बढ्न रोकेको…

Read More
Business Main Headlines 

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न

२० कात्तिक, काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ ।   रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । दसैं र तिहारको सार्वजनिक विदामासमेत कर्मचारी, निर्माण व्यवसायी अहोरात्र खटी प्रसारण लाइन निर्माण सम्पन्न गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको सहायक कम्पनी…

Read More
International 

कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको निर्वाचन, नेपालीहरुको हुनसक्छ निर्णायक मत

२० कार्तिक, अमेरिका । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ । सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् । निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउण्ड स्टेट ९मतदान गर्न अनिर्णित मतदाता भएको राज्य० को नामकरण गरिएका स्थानमा केन्द्रित रहेको थियो । मतदाताहरुको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन…

Read More