Technology 

नेपालमा दर्ता भयो टिकटक

२१ कार्तिक, काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको जानकारी दिए। ‘टिकटकले प्रक्रिया पुर्‍याएर आएसँगै आधिकारिक दर्ता भइसकेको छ। तिहारअघि नै दर्ता प्रक्रिया सम्पन्न गरियो,’ उनले भने। टिकटक  सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाबमोजिम दर्ता भएको मन्त्रालयका प्रवक्ता ठाकुरले बताए। ‘हामीले राखेका सवै सर्तहरू र निर्देशिकाले व्यवस्था गरेका विषयहरूमा सहमत भएको भनेर टिकटकले पत्राचार गरेको थियो। सोहीबमोजिम दर्ता प्रक्रिया पूरा गरी दर्ता भएको छ,’ उनले भने। टिकटकले कागजात उपलब्ध गराउन कात्तिक तेस्रो…

Read More
Travels & Tourism 

अक्टोबरमा नेपाल भित्रिए १ लाख २४ हजार पर्यटक, पूरा होला सरकारको लक्ष्य ?

कोभिड सुरु भए यता नेपालमा खस्किएको पर्यटन आवागमनमा गत बर्षदेखि सुधार आइरहेको छ । २१ कार्तिक, काठमाडौँ । सन् २०२४ को अक्टोबर महिनामा नेपालमा १ लाख २४ हजार ३ सय ९३ पर्यटक भित्रिएका छन् । यो सङ्ख्या गत बर्षको तुलनामा ६.०४ प्रतिशतले बढी हो । २०२३ को सोही अवधिमा १ लाख १७ हजार ३०६ पर्यटक नेपाल भित्रिएका थिए । पर्यटकको आवागमन गत बर्षको तुलनामा सामान्य बढेको भए पनि यो सङ्ख्या उत्साहजनक होइन । अहिले पर्यटक भित्रिने मूख्य सिजन भए पनि नेपालमा पछिल्लो समय घटेको प्राकृतिक विपत्तिले सङ्ख्यामा कमि आएको नेपाल…

Read More
International Share Market 

अमेरिकी चुनावलाई सावधानीपूर्वक नियाल्दै विश्व शेयर बजार

२१ कार्तिक, एजेन्सी । अमेरिकाको आगामी राष्ट्रपति को हुने र अमेरिकी संसद्को बागडोर कुन दलसँग रहने भन्ने राष्ट्रिय चुनाव सम्पन्न भएर अहिले मतपरिणाम आउन सुरु भइसकेको छ। यो बेला विश्वभरका प्रमुख शेयर बजारहरूले अमेरिकी राजनीतिको पछिल्लो विकासक्रमलाई सावधानीपूर्वक नियालिरहेको विज्ञहरूले बताएका छन्। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिसबीच अत्यन्तै कडा प्रतिस्पर्धा हुने प्रक्षेपणहरू सार्वजनिक भएसँगै निर्वाचनको एक साता अघिसम्म शेयर बजार इन्डेक्स केही घटेका थिए। चुनावको आसपास आइपुग्दा सुधारिएका छन्। चुनावको दिन सकारात्मक बनेको वाल स्ट्रिटको माहोलले एसियाली प्रमुख बजारलाई पनि छोएको छ। निर्वाचनका परिणाम आउन सुरु हुँदा…

Read More
Banking 

बैंकहरुले ऋण लगानी बढाउन नसक्दा अधिक तरलता, थप १ अरब खिच्दै नेपाल राष्ट्र बैंक

२१ कार्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार एक खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले २१ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोल विधिमार्फत निक्षेप संकलन गर्न लागेको हो । बुधबार दिउँसो २ बजेसम्म क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले बोलकबोलमा सहभागी हुन पाउने जनाइएको छ । राष्ट्र बैंकले मंसिर १२ गते यसको साँवा ब्याज भुक्तानी गर्ने उल्लेख गरेको छ ।

Read More
International 

अमेरिकी राष्ट्रपति चुनावमा १ लाख नेपाली मूलका नागरिक मतदान गर्दै

२१ कार्तिक, अमेरिका । ‘आफ्नो राष्ट्रपति चुन्नका लागि म लाइनमा बसेको छु, केहीबेरमा मतदान गर्छु,’ यो भनाइ हो ६२ वर्षका अमेरिकी नागरिक जोन विलियमको। आगामी चार वर्षका लागि अमेरिकी राष्ट्रपति छान्न अमेरिकी नागरिकहरू यतिबेला भोटिङको लाइनमा बसेका छन्। संविधानतः अर्लि भोटिङ अर्थात् अन्तिम दिन नकुरी भोट गर्न पाउने व्यवस्था भएकाले धेरैजसो नागरिकले मतदान गरिसकेका छन्। तर, नोभेम्बर ५ अर्थात् मंगलबार मतदान गर्ने अन्तिम दिन हो। यसले भावी अमेरिकी राष्ट्रपतिको निर्धारण गर्ने छ। यसो त अमेरिकाले आफ्नो देशको राष्ट्रपति चुन्दै छ, तर शक्तिराष्ट्र भएकाले नेपाललगायत विश्वभरको ध्यान यतिबेला अमेरिकामा छ। अमेरिकाले…

Read More
Main Headlines Society 

१५ अर्व रुपैयाँ खर्चेर यसरी गरिदैँछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, दैनिक १० घण्टा उडान बन्द

२१ कार्तिक, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) को क्षमता अभिवृद्धि गरिँदैछ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले यही कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर करिब पाँच महिनासम्म विमानस्थल विस्तार गर्न लागेको हो। प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत विस्तार गर्नेछ। यी काम पूरा गर्न करिब रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार टीआइएको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सी वे बनाउन लागिएको छ। “विमानस्थलको स्तरोन्नतिपछि २० देखि…

Read More