Society Travels & Tourism 

लुक्लामा एकैदिन १८४ उडान, झण्डै चार सय विदेशी पर्यटक भित्रिए

२२ कार्तिक, सोलुखुम्बु । सोलुखुम्बुको तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लामा आज एकैदिन एक सय ८४ वटा हवाई उडान भएको छ । उक्त विमानस्थलमा हेलिकप्टर र जहाज गरी एक सय ८४ वटा उडान भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । कार्यालयका प्रमुख उमेश पन्थीका अनुसार मौसम खुलेसँगै आज हेलिकप्टरले एक सय ५२ तथा जहाजले २३ वटा उडान भरेका हुन् । जहाजको उडानमा तारा एयरलाइन्स र समिट एयरलाइन्सले १२\१२ उडान तथा सीता एयरलाइन्सले आठ वटा उडान भरेको प्राधिकरण प्रमुख पन्थीले बताए । आज हवाई सेवाबाट मात्रै तीन सय ९६ जना विदेशी…

Read More
Gold & Silver 

सुनको भाउ एकैदिन तोलामा ४ हजार रुपैयाँले घट्यो, ट्रम्पको विजय पश्चात अन्तर्राष्ट्रिय बजारमा गिरावट

२२ कार्तिक, काठमाडौँ । सुनको भाउ आज एकैदिन तोलामा ४ हजार रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४ हजार रुपैयाँले घटेर १ लाख ६४ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार छापावाल सुन १ लाख ६८ हजार ५०० रुपैयाँ कायम रहेको थियो । बुधबार संयुक्त राज्य अमेरिकामा ४७औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई हराउँदै ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ओरोलो लागेको छ भने डलर थप मजबुत भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको…

Read More
Sports 

पोखरा एभेन्जर्सका मेन्टर जाेन्टी राेड्स पोखरामा, भोलि फेवातालबाट बाइक  र्याली

२२ कार्तिक, काठमाडौँ । क्रिकेट जगतमा उत्कृष्ट फिल्डरको पहिचान बनाएका दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी रोड्स पोखरा आएका छन् । एनपिएलकाे सबैभन्दा महंगाे टिम पोखरा एभेन्जर्समा ३ वर्षको सम्झौतासहित आवद्ध भएका जाेन्टी बुधबार दिउँसाे २ बजे काठमाडौं ओर्लिएर सिधै पोखरा पुगेका हुन् । पाेखरा एभेन्जर्सका प्रबन्ध निर्देशक मनोबल श्रेष्ठका अनुसार जाेन्टी  र टिमका अध्यक्ष सुबोध त्रिपाठीसहितको टोली आजै पाेखरा पुगेका छन् । पोखरामा प्रशंसकहरूले उनको भव्य स्वागत गरेका थिए। टिमका लागि समर्थन जुटाउन बिहिबार गण्डकी क्रिकेट, कास्की क्रिकेट, पोखरा बाइकर्स ग्रुप, रोटरी क्लब अफ लेखनाथ लगायत नौवटा  संघसंस्थाले संयुक्त रुपमा…

Read More
Sports 

‘फेस अफ कर्णाली याक्स’मा स्वस्तिमा खड्का

२२ कार्तिक, काठमाडौँ । हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ को रुपमा भित्राएको छ । बुधबार नक्सालस्थित हिल्टन होटलमा पत्रकार सम्मेलन गर्दै कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपिएल) को लागि खड्कालाई आवद्ध गरेको जनायो । उनले कर्णाली प्रदेश फरक संस्कृति, रहनसहन र वातावरणसँगै क्रिकेटबाट पनि चर्चामा रहने बताएकी छिन् । उनले नेपाली क्रिकेट विश्वस्तरमा चिनिँदै गएको सुनाइन् । ‘अहिले खेलकुदको माध्यमबाट हरेक राष्ट्रले आफूलाई चिनाउँदै गएका छन् । नेपालका पनि क्रिकेटको प्रभाव बढ्दै गएको छ,’ उनले भनिन्, ‘कर्णाली याक्सले नेपाली…

Read More
Business 

डलरमा फेरि नयाँ रेकर्ड, एक डलरको १३५ रुपैयाँ नाघ्यो

२२ कार्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३५.१६ रुपैयाँ (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो । पछिल्ला सातामा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ । सोही क्रममा डलरको विनिमय दरले निरन्तरजसो नयाँ रेकर्ड बनाउँदै आएको हो । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा कायम गरिएको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७३ रुपैयाँ…

Read More