International Technology 

४३ वर्षदेखि निष्क्रिय ट्रान्समिटरबाट २४.८ अर्ब किलोमिटर टाढा रहेको यानले पृथ्वीमा गर्‍यो फोन !

२३ कार्तिक, काठमाडौं । ४३ वर्षदेखि प्रयोगविहीन रहेको ट्रान्समिटरको माध्यमबाट लाखौं किलोमिटर टाढा रहेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको भोयेजर १ अन्तरिक्ष यानले पृथ्वीसँग पुनः सम्पर्क स्थापना गरेको छ । मुख्य रेडियो ट्रान्समिटर बन्द भएपछि ब्याकअपको रूपमा रहेको दोस्रो ट्रान्समिटर (एस ब्यान्ड) प्रयोग गरेर यानले सम्पर्क कायम गरेको हो । नासाका अनुसार यो ट्रान्समिटरलाई सन् १९८१ यता प्रयोग गरिएको थिएन । तर, यानको सञ्चार प्रणालीमा समस्या देखिएपछि नासाले यसलाई पुनः सक्रिय बनाएको हो । समस्या उत्पन्न हुनुभन्दा केही दिनअघि, १६ अक्टोबरमा नासाले डीप स्पेस नेटवर्क (डीएसएन) मार्फत भोयेजरलाई हिटर चलाउन निर्देशन…

Read More
Banking 

प्राइम बैंकको डीजीएममा सुमितबाबु खत्री नियुक्त

२३ कार्तिक, काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडको नायव महाप्रबन्धक (डीजीएम) मा सुमितबाबु खत्री नियुक्त भएका छन् । कात्तिक २० गतेदेखि लागू हुनेगरी बैंकको डीजीएममा खत्री नियुक्त भएका हुन् । कुशल कार्यसम्पादनमा अब्बल खत्रीले बैंकिङ्ग क्षेत्रमा विगत २४ वर्षदेखि काम गर्दै आइरहेका छन् । सिटिजन्स बैंक लिमिटेडको स्थापना कालदेखि नै कार्यरत खत्री यस अघि बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा कार्यरत थिए । खत्री एक महिनाअघि मात्रै सिटिजन्स बैंकबाट बाहिरिएका थिए । खत्री बैंकिङ्ग क्षेत्रमा कर्जा विज्ञको रुपमा चिरपरिचित रहेका छन् ।खत्रीले देशको ठूला ठूला भौतिक निर्माण…

Read More
Business Main Headlines 

धारापानी २२० केभी सबस्टेसन निर्माणाधीन, खुदी अन्तिम चरणमा

२३ कार्तिक, काठमाडौँ । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । आयोजनाअन्तर्गतकै लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । धरापानी सबस्टेसन डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । खुदी सबस्टेसन आगामी तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरु जारी छन् । धारापानी सबस्टेसन रहने ठाउँको जमिन सम्याउने तथा पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायतका सिभिल संरचनाहरुको निर्माण धमाधम भइरहेको छ । धारापानी र खुदी सबस्टेसनमा क्रमश…

Read More
Health Main Headlines 

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्री’ सेवा शुरू

२३ कार्तिक, काठमाडौँ । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिरामीको प्रकार परीक्षण शुरू गरिएको छ । यसअघि नमूना बाहिर पठाइँदै आएकोमा उपकरण खरिद गरेर यही परीक्षण शुरू गरिएको हो । अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार रक्त क्यान्सरका प्रकार परीक्षण गर्ने फ्लो साइटोमेट्री सेवा शुरू गरिएको हो । यसका लागि आवश्यक पर्ने उपकरण रु एक करोड ५० लाखमा खरिद गरेर जनशक्तिलाई तालिम दिएपछि सेवा शुरू गरिएको हो । उनका अनुसार एक जना डाक्टर र एक जना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालमा तालिमका लागि पठाइएको थियो…

Read More
Automobiles 

हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने

२३ कार्तिक, काठमाडौँ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा उपलब्ध भइरहेको हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ अब १०० किलोवाट मोटरमा उपलब्ध गराउने भएको छ । १०० किलोवाट क्षमताको आयोनिक ५ ईभीको मूल्य ९२ लाख ९६ हजार रुपैयाँ हुनेछ । सन् २०२२ फेब्रुअरीमा आयोनिक ५ नेपाल भित्रिएको थियो । आयोनिक ५ मा ५८ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको र यसले ३७५ किलोमिटरसम्मको रेन्ज दिने दाबी कम्पनीको छ । आयोनिक ५ ले २०२२ को विश्व कार अफ दि इयर, विश्व इलेक्ट्रिक कार अफ दि इयर र विश्व…

Read More