Entertainment 

फिल्म ‘तेल भिसा’ को ट्रेलर सार्वजनिक

२४ कार्तिक, काठमाडौँ ।  शंकर घिमिरेको लेखन तथा निर्देशनमा मा तयार भएको फिल्म ‘तेल भिसा’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मका मुख्य कलाकारहरू विपिन कार्की, वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ र सुचित्रा उप्रेती प्रस्तुत गरिएको छ । विपिन बुबा र छोराको गरी दोहोरो भूमिकामा छन् । फिल्म विदेश रहेका छोराको सन्तान हुन लागेपछि नेपालबाट आमा अमेरिका पुगेपछिको अवस्थालाई फिल्ममा देखाइएको छ । आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्की निर्माता तथा प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्मातामा छन्…

Read More
International 

उत्तरी गाजामा अनिकाल !

२४ कार्तिक, रोम । उत्तरी गाजा क्षेत्रमा बढ्दो शत्रुता र खाद्य सहायतामा लगभग रोक लगाइएका कारण अनिकाल परेको संयुक्त राष्ट्रसङ्घको सहयोगमा तयार पारिएको र शनिबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा उल्लेख छ । अनिकाल पुनरावलोकन समितिले जारी गरेको प्रतिवेदनमा ‘गाजा पट्टीमा तीव्र गतिमा बिग्रँदै गएको परिस्थितिले गर्दा अनिकाल लाग्ने सम्भावना छ’ देखिएको उल्लेख गरिएको छ । “अनिकालको सीमा पार भइसकेको वा निकट भविष्यमा पनि अनिकाल व्याप्त बन्ने सम्भावना देखिन्छ,” प्रतिवेदनमा भनिएको छ । सन् २०२५ को नोभेम्बरदेखि अप्रिल २०२५ को बीचमा गाजामा ‘विनाशकारी’ खाद्य असुरक्षाको सामना गरिरहेका मानिसहरूको सङ्ख्या तीन…

Read More
Business 

अमेरिकी डलर र युरोको भाउ बढ्यो, अरू कुनको मूल्य कति ?

२४ कार्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३० पैसा रहेकामा शनिबारका लागि यस मुद्राको खरिदर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ । यसैगरी, शनिबारका लागि युरो (युरोपियन युरो) एकको खरिदर एक सय ४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर…

Read More
Sports 

यु–१९ महिला विश्वकप क्रिकेट छनोटः नेपालले आज युएईविरुद्व खेल्ने

२४ कार्तिक, काठमाडौँ । आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्व खेल्ने भएको छ । नेपालले युएईविरुद्ध उसकै भूमिमा आजको खेल खेल्न लागेको हो । उक्त खेल आज बिहान ११ः१५ बजे सुरु हुने छ । बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो । प्रतियोगितामा आयोजक युएईसहित…

Read More