बिटकोइनले तोड्यो पूर्व सर्वकालीन उच्च रेकर्ड, पहिलो पटक ८० हजार डलर पुग्यो
२५ कात्तिक, काठमाडौँ । व्यापारीहरूले डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा फर्काइ क्रिप्टोकरेन्सीका लागि राम्रो हुने अनुमान गरेसँगै बिटकोइन आइतबार नयाँ रेकर्ड उच्चस्तरमा पुगेको छ । यो डिजिटल मुद्राले आफ्नो इतिहासमा पहिलो पटक दिउँसो १२ः०० बजे (१२०० जिएमटी)पछि ८० हजार डलर नाघेको छ । रिपब्लिकन उम्मेद्वार ट्रम्पले डिजिटल मुद्राहरूमा नियमहरू सजिलो बनाउने आशाका कारण गत मङ्गलबारको अमेरिकी राष्ट्रपति चुनाव जितेपछि यो बढ्दै गएको छ । बिटकोइनले बुधबार ७५ हजार डलर पुगेर मार्चमा हासिल गरेको ७३ हजार सात सय ९७ दशमलव ९८ डलरको पूर्व सर्वकालीन उच्च रेकर्ड तोड्यो । डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला…
Read More