Business Share Market 

सेयर बजार २७३४ अंकमा झर्‍यो, ४ प्रतिशत बढ्यो फाइनान्स

२८ कात्तिक, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से १४.१२ अंक घटेको छ । सो अंकको कमीपछि २७३४ मा कायम भएको छ । बजारको अंक घट्दा कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ७ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९१ करोडको भयो । ९९ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने ७ को स्थिर रह्यो । फाइनान्समा लगानीकर्ताको आकर्षण देखिएको छ । समग्र बजार घट्दा यो सेक्टर ४.२ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक १.४७ र हाइड्रोपावर सूचक ०.८१ प्रतिशत बढे । बैंकिङ १.३७, होटल तथा…

Read More
Sports 

स्कटल्याण्डका माइकल लिस्क पोखरा एभेन्जर्समा अनुबन्ध

२८ कार्तिक, काठमाडौँ । पोखरा एभेन्जर्सले स्कटल्याण्डका क्रिकेटर माइकल लिस्कलाई टाेलीमा अनुबन्ध गरेकाे छ । नेपाल प्रिमियर लिग (एनपीएल) को लागि पोखरा एभेन्जर्सले विदेशी खेलाडीका रूपमा लिस्कलाई भित्र्याएको हो । ३४ वर्षीय लास्क अलराउन्डर हुन्। उनी लामो छक्का प्रहारका लागि परिचित छन्। उनले टी-२०मा ८० म्याच खेलेका छन्। जसमा ८५९ रन बनाउँदै ४५ विकेट लिएका छन्। ‘एनपीएल र पोखरा एभेन्जरसँग जोडिन पाउँदा म अत्यन्तै खुसी छु। पोखराको टिम राम्रो बन्दै गइरहेको छ । हामी मैदानमा जोशिलो क्षण तय गर्न तत्पर छौँ,’ लास्कले भने । पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले लास्ककाे…

Read More
Main Headlines 

बाकुको आह्वान: कार्वन उत्सर्जन रोकौँ, पृथ्वी जोगाऔँ

२८ कार्तिक, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूका राष्ट्रप्रमुख र सरकार प्रमुख सम्मिलित शिखर सम्मेलनमा जलवायु परिवर्तनप्रति चिन्ता व्यक्त गर्दै कार्बन उत्सर्जनको न्यूनीकरणमा जोड दिइएको छ। बाकुमा जारी शिखर सम्मेलन, कोप–२९ मा सहभागी वक्ताहरूले जलवायु परिवर्तनका कारण बढ्दै गएको तापमान र हरित ग्यास उत्सर्जन रोक्नका लागि विश्व समुदायको साझा ऐक्यबद्धतासहितको पहल आवश्यकता औँल्याए। उनीहाँहरूले जलवायु परिवर्तनको असरबाट कुनै न कुनै रूपमा विश्वका हरेक व्यक्ति प्रभावित भएको उल्लेख गर्दै त्यस्ता असरलाई कम गर्नका लागि सबै राष्ट्रको ध्यान जानुपर्ने बताए। सम्मेलनलाई सम्बोधन गर्दै नेपालका राष्ट्रप्रमुख रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै…

Read More
Cooperative 

रुपन्देही प्रहरी हिरासतमा रहेका लामिछानेसँग आज पनि बयान लिइँदै

२८ कार्तिक, काठमाडौँ । सुप्रिम सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि रुपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदैछ। मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ ५ः ४५ बजेसम्म चलेको थियो। तर, बयान नसकिएकाले आज पनि उनीसँग बयान लिइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले आज कार्यालय समय सुरु भएसँग बयान लिने काम सुरु हुने बताए। सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएको थियो। प्रहरीले उनलाई…

Read More
Business 

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

२८ कार्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ८५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ८६ र बिक्रीदर एक सय ७३ रुपैयाँ ६३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ९० पैसा र…

Read More