Business Technology 

वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड

०१ मंसिर, काठमाडाैँ । लामो समय सुल्झिन नसकेको दूरसञ्चार सेवाबापतको रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषबापत बुझाउनुपर्ने रकम दाखिला हुन सुरु भएको छ । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सले शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणको खातामा रकम दाखिला गरेको हो । प्राधिकरणका अनुसार वर्ल्डलिङ्कले शुक्रबार दुई अर्ब १५ करोड १४ लाख रुपियाँ बुझाएको हो । जसमध्ये रोयल्टीबापत एक अर्ब ३८ करोड ९० लाख रुपियाँ र ७६ करोड २३ लाख रुपियाँ कोषबापतको रकम बुझाएको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो । इन्टरनेट सेवाप्रदायकले मर्मतसम्भारमा रोयल्टी र कोषबापतको रकम बुझाउनु नपर्ने जिकिर गर्दै पाँच वर्षअघि…

Read More
Main Headlines Society 

इन्टरपोलको सूचीमा ३३८ नेपाली

०१ मंसिर, काठमाडाैँ । सहकारीमा सर्वसाधारणले बचत गरेको रकम हिनामिना गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली असोज ११ गते भारतको दिल्लीबाट पक्राउ पर्नुभयो । बागलुङ र पोखरामा कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारीका अध्यक्षसमेत रहेका नेपाली सोही सहकारीको झन्डै दुई अर्ब रकम हिनामिना गरी गत २०८० जेठ ५ गते फरार थिए । एक हजार चार सय ८१ जनाको बचतकर्ताको उजुरीपछि नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) लाई अनुरोध गरेपछि गत भदौमा ‘रेड नोटिस’ जारी भएको थियो । नेपाली २०७९ वैशाखमा २०७४ मा सम्पन्न स्थानीय निर्वाचनमा नेकपा…

Read More
Banking 

ब्याजदर घट्दा पुराना ऋणीलाई हर्ष न बिस्मात

०१ मंसिर, विराटनगर । कर्जाको ब्याजदर एकल अङ्कमा झरे पनि पुराना ऋणीहरूले बैङ्कको ब्याजदर पुरानै बुझाउनु परेको गुनासो बढेको छ । बैङ्कको आधारदर र ब्याजदर घट्दा पनि कर्जा प्रवाह उत्साहजनक नभइरहेका बेला कतिपय ऋणीहरूले मारमा परिरहेको गुनासो गरेका हुन् ।  तरलता बढेर कर्जाको ब्याजदर एकल अङ्कमा बैङ्कहरू झारिरहेका छन् । असोजयता ब्याजदर घट्दो छ । मङ्सिरका लागि बैङ्कहरूले व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ५.९६ प्रतिशत बनाएका छन् । कात्तिकमा ६.१८ रहेको थियो ।  बैङ्कहरूले कर्जाको ब्याजदर घटाए पनि त्यहाँभित्र पुराना र नयाँ ऋणीको मापदण्ड कायम रहँदा पुरानालाई मार परिरहेको उद्योग सङ्गठन मोरङका…

Read More