Business 

६ अर्ब लगानीमा दरबारमार्गमा २५ तलाको अन्नपूर्ण स्क्वायर होटल बन्दै

०३ मंसिर, काठमाडाैं । काठमाडाैंको दरबारमार्गमा २५ तला सहितको अन्नपूर्ण स्क्वायर निर्माण प्रारम्भ भएको छ । होटल अन्नपूर्ण रहेको स्थानमा भाटभटेनी समूह, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले संयुक्त रूपमा निर्माण थालेको हो । सोमबार एक विशेष समारोहका बीच भूमि पुजा सम्पन्न गर्दै कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङले सुन्दर नेपालको सुन्दरताको प्रतीकका रूपमा निर्माण थालिएको बताए । उनी भाटभटेनी सुपरमार्केटका अध्यक्ष पनि हुन् । भारतको आर्किटेक्चर कम्पनीले यसको डिजाइन गरेको गुरुङले बताए । दुई चरणमा काम सम्पन्न गर्ने योजना बनाएको जानकारी समेत उनले दिए । २०८५ वैशाख १ गतेदेखि होटल सञ्चालनमा ल्याउने लक्ष्य…

Read More
Gold & Silver 

सुनको भाउ तोलामा १ हजार बढ्यो

०३ मंसिर, काठमाडौं । सोमबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार रुपैयाँ रहेको सुन यस दिन १ लाख ६१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै सोअनुसार समायोजन हुँदा तोलामा १ हजार रुपैयाँ बढेको हो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेर त्यसयता न्यूनतम १ लाख ६० हजारसम्म झरेको थियो । चाँदी तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १९०५ रुपैयाँ रहेको…

Read More
Share Market 

आज शेयर बजार बन्द

०३ मंसिर, काठमाडौं । आज शेयर बजार बन्द भएको छ। सरकारले दिएको सार्वजनिक बिदाका कारण सोमबार शेयर बजार बन्द भएको हो। नेपाल स्टक एक्स्चेन्जका प्रवक्ता मुराहरि पराजुलीले सरकारले सार्वजनिक बिदा घोषणा गरेकाले बजार बन्द हुने जानकारी दिए। आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सोमबार सार्वजनिक बिदा दिएको छ।

Read More
Banking Main Headlines 

राष्ट्र बैंकद्वारा सरकारलाई वार्षिक प्रतिवेदन

०३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सरकारलाई बुझाएको छ । गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर बमबहादुर मिश्र र कार्यकारी निर्देशक डा. गुणाकर भट्टसहितको टोलीले आइतबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएको हो । राष्ट्र बैंक ऐन, २०४९ को दफा ९१ अनुसार प्रत्येक आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन चार महिनाभित्र नेपाल सरकारलाई बुझाउनुपर्ने व्यवस्था रहेको छ । प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) करिब ३.५४ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले आफ्नो वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८०/८१ मा नेपालको कुल…

Read More
Business 

अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, यस्तो छ आजको विदेशी मुद्राको दर

०३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, विदेशी मुद्राको खरिददर र बिक्री दरमा सामान्य मात्रै परिवर्तन भएको छ । विवरणअनुसार, अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ । यूरोपियन यूरो एकको खरिददर एक सय ४२ रुपैयाँ चार पैसा, बिक्री दर एक सय ४२ रुपैयाँ ६७ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिद दर एक सय ७० रुपैयाँ चार पैसा र बिक्री दर एक सय ७०…

Read More