Business Main Headlines Travels & Tourism 

विदेश भ्रमणमा नेपालीले सके ५६ अर्ब, विदेशी पर्यटकबाट आयो १८ अर्ब

०५ मंसिर, काठमाडाैं । विदेशी पर्यटकले नेपालमा गर्ने खर्चको तुलनामा नेपालीले विदेश भ्रमणमा धेरै खर्च गरेको पाइएको छ । विदेश भ्रमण जाने नेपालीको संख्या बढेसंगै खर्च पनि बढेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१\८२ को आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आव पहिलो तीन महिना (साउन–असोज) मा भ्रमण व्यय ५५ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालीहरुले ५१ अर्ब ८० करोड रुपैयाँ विदेश भ्रमण खर्च गरेका थिए । चालु आवमा नेपाल आएका विदेशी पर्यटकले १७ अर्ब ७२ करोड रुपैयाँ…

Read More
Business Main Headlines Society 

अन्तर्राष्ट्रिय उडानको पर्खाइमा पोखरा विमानस्थल

०५ मंसिर, गण्डकी । उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुनसकेको छैन । सन् २०२३ को जनवरी १ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको यस विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा छ । झण्डै २२ अर्ब रुपैयाँ ऋणमा बनेको यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्दा राज्यले अपेक्षित लाभ लिन सकेको छैन । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने ५० वर्षअघिको योजनाले सार्थकता पाएपनि विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन नसक्दा स्थानीयवासीमा गुनासो बढ्दो छ । पर्यटकीय राजधानीसमेत रहेको पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिएर ठूलो संख्यामा…

Read More
Agriculture Society 

घटेन तरकारीको भाउ भान्सामा घट्दै परिकार

०५ मंसिर, काठमाडाैंँ । “पहिले दुई/तीन थरी तरकारी र अचार बनाइन्थ्यो तर महँगो तरकारी र मरमसलाले गर्दा आजकल अधिकांश भान्सामा एक थरी तरकारी मात्र पाक्छ,” कीर्तिपुरकी उपभोक्ता रमा अधिकारी भन्नुहुन्छ, “चार जनाको परिवारमा नुन, तेल, जिरा, मसलासमेत गर्दा धेरै परिकार बनाउन खोज्दा एक छाकलाई तीन सय रुपियाँले पनि नपुग्ला जस्तो भयो ।” कङ्लकी चोकमा तरकारी भाउ बुझिरहेका ट्याक्सी ड्राइभर विनोद थापाले अब रोजेको तरकारी किनेर खान सोच्नुपर्ने दिन आउन थालेको सुनाउनुभयो । उहाँले हाल तरकारीमा रायो साग, पाकेको फर्सी, मुला, इस्कुस खाने गरेको बताउनुभयो । तिहारपछि गोलभेँडा, काउली, आलु र…

Read More
International 

ट्रम्पले तोके अमेरिकी स्वास्थ्य बिमा सम्बन्धी काम गर्ने संस्थाको जिम्मेवारी

०५ मंसिर, न्युयोर्क । डोनाल्ड ट्रम्पले डा. मेमट ओजलाई सेन्टर फर मेडिकेर एन्ड मेडिसियड सर्भिसको प्रशासनिक जिम्मेवारी सुम्पेका छन्। १५० मिलियन भन्दा बढी अमेरिकीको स्वास्थ्य बिमा सम्बन्धी काम यो संस्थाले हेर्ने गर्छ। ट्रम्पले ओजप्रतिको विश्वास व्यक्त गर्दै अमेरिकालाई फेरि स्वास्थ्य बनाउन ओजको अनुभव र ज्ञान महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।सन् २०२२ मा ट्रम्पलाई साथ दिएका मुटु सम्बन्ध सर्जन ओज पेनेसेल्भिनियाको सिनेटको निर्वाचनमा पराजित भएका थिए। सन् २०१८ मा ट्रम्पले उनलाई खेलकुद, न्युट्रेसन र फिटनेसका लागि राष्ट्रपतीय काउन्सिलमा मनोनयन गरेका थिए। सन् २०२० मा उनलाई सोही पदमा चयन गरेका थिए।…

Read More