विदेश भ्रमणमा नेपालीले सके ५६ अर्ब, विदेशी पर्यटकबाट आयो १८ अर्ब
०५ मंसिर, काठमाडाैं । विदेशी पर्यटकले नेपालमा गर्ने खर्चको तुलनामा नेपालीले विदेश भ्रमणमा धेरै खर्च गरेको पाइएको छ । विदेश भ्रमण जाने नेपालीको संख्या बढेसंगै खर्च पनि बढेको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१\८२ को आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आव पहिलो तीन महिना (साउन–असोज) मा भ्रमण व्यय ५५ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालीहरुले ५१ अर्ब ८० करोड रुपैयाँ विदेश भ्रमण खर्च गरेका थिए ।
चालु आवमा नेपाल आएका विदेशी पर्यटकले १७ अर्ब ७२ करोड रुपैयाँ मात्र खर्च गरेको केन्द्रीय बैंकले जनाएको छ । गत आव नेपाल आएका विदेशी पर्यटकल १७ अर्ब १२ करोड रुपैयाँ खर्च गरेका थिए ।
चालु आर्थिक वर्षको असोजसम्ममा विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीले ३२ खर्ब १७ करोड बाहिर लगेका छन । गत आवमा विदेश अध्ययन गर्न जाने नेपाली विद्याथीहरुले ३२ अर्ब ९२ करोड रुपैयाँ लगेका थिए ।
गत आवमा विदेशी विद्यर्थीबाट ७२ करोड रुपैयाँ नेपाल ल्याएका थिए । अघिल्लो आवमा विदेशी विद्यार्थीबाट एक अर्ब ६९ करोड रुपैयाँ नेपाल भित्रिएको थियो।