Business Gold & Silver 

आइतबार पनि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

०९ मंसिर, काठमाडाैैं । साताको पहिलो कारोबार दिन छापावाला सुनको भाउमा भारी वृद्धि भएको छ । साताको अन्तिम कारोबार दिन १५ सय रुपैयाँले बढेको सुनको भाउ आइतबार १ हजार ७०० रुपैयाँले बढेको हो ।

अमेरिकी राष्ट्रपति डो अमेरिकाको नयाँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै घट्न थालेको सुनको भाउ मंसिर लागेयता उकालो यात्रामा लागेको छ ।

मंसिर २ गते प्रतितोला एक लाख ६० हजार रुपैयाँ रहेको सुनको भाउ आज आइतबार प्रतितोला एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ७१५.२८ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३१.३४ डलरमा कारोबार भइरहेको छ ।

Related posts

Leave a Comment