Gold & Silver 

तोलाको डेढ लाखमा झर्‍यो सुन, सरकारले भन्सार महसुल घटाएपछि १६ हजारले कमी

१० मंसिर, काठमाडौँ । नेपाली बजारमा सोमबार एकै दिन सुनको भाउ १६ हजार रुपैयाँले घटेको छ । सुनको भाउ अघिल्लो दिन आइतबारको तुलनामा १५ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सरकारले सुन र चाँदीमा लाग्ने भन्सार महसुल दर घटाएपछि सुनचाँदीमा भारी गिरावट आएको हो । जसमा सुनमा भन्सार महसुल दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको छ। यस्तै चाँदीमा लाग्ने भन्सार महसुल दर १५ प्रतिशतबाट घटाएर १० प्रतिशत बनाइएको छ। मंसिर ६ गते मन्त्रिपरिषद्को बैठकले महसुल दर घटाउने निर्णय गरेको थियो। कति पुग्यो भाउ ? नेपाल सुनचाँदी व्यवसायी…

Read More
Main Headlines Society 

८ एसएसपीलाई डीआइजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ध्रुवराज राउत

१० मंसिर, काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआइजी)मा बढुवाका लागि सिफारिस भएका छन्। आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रहरीको जनपद प्रहरी तर्फका ८ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समितिका सदस्य-सचिव टेक प्रसाद राईले जानकारी दिए। उनका अनुसार एसएसपी ध्रुवराज राउत, भोलाबहादुर राउत, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक डिआइजी बढुवामा सिफारिस भएका हुन्। उनीहरुको बढुवा आगामी मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि हुनेछ। सूचनामा भनिएको छ, ‘नेपाल प्रहरीमा…

Read More
Banking 

सानिमा बैंक अब काठमाडौंको थलीमा

१० मंसिर, काठमाडौं । सानिमा बैंक लिमिटेडले मिति २०८१ मंसिर ९ गते, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५, स्थित थलीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख श्री उपेन्द्र कार्की, ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय श्री मदन कृष्ण श्रेष्ठ र श्री हरिवंश आचार्य(मह जोडी) तथा बैंकका संचालक श्री लक्ष्मीप्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत श्री निश्चल राज पाण्डेज्यूले संयुक्त रुपमा गर्नुभयो । समुद्घाटन् समारोहमा, नगर प्रमुख कार्कीले सानिमा बैंकले नगरपालिकाको भवनमा शाखा विस्तार गरेकोमा कृतज्ञता व्यक्त गर्दै यस बैंक मार्फत स्थानीयमा सहज…

Read More