Banking 

बैंकिङ्ग निक्षेप घट्दा कर्जा प्रवाहमा सामान्य वृद्धि, अन्तर बैंक ब्याजदर २ दशमलव ९९ प्रतिशत

१३ मंसिर, काठमाडौँ  पछिल्लो समय बैंकिङ्ग निक्षेप १ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर ९ गते बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ३४ अर्ब रूपैयाँ निक्षेप रहेको छ । अघिल्लो दिन बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएको थियो ।

त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले संलकन गर्ने निक्षेप संकलन १ अर्ब रुपैयाँले घटेको छ । मंसिर ८ गते ५९ खर्ब निक्षेप संकलन गरेका बैंक तथा वित्तीय संस्थाले ९ गते ५८ खर्ब ९९ अर्ब संकलन गरेका छन् ।

सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह १ अर्ब रुपैयाँले बढेको छ । मंसिर ८ गते ५२ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा ९ गते ५२ खर्ब ९२ अर्ब रुपैयाँ प्रवाह गरेका छन् ।

त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाह पनि १ अर्बले बढेको छ । अघिल्लो दिन ४६ खर्ब ८६ अर्ब रुपैयाँ प्रवाह गरेका वाणिज्य बैंकहरुले ९ गते ४६ खर्ब ८७ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् ।

केन्द्रीय बैंकका अनुसार सो समयमा बैंकहरुको औसत सिडी रेसियो ७८.४४ प्रतिशत रहेको छ । त्यस्तै, अन्तरबैंक ब्याजदर २.९९ प्रतिशत कायम भएको छ।

Related posts

Leave a Comment