Business Technology 

नेपाल टेलिकमको क्रिकेट धमाका अफर : मात्र ७ सय रुपैयाँमा ३ सय जीबी डाटा

१५ मंसिर, काठमाडौँ । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) २०८१ लाई लक्षित गर्दै क्रिकेटप्रेमी दर्शकहरूको सुविधाका लागि एनटी क्रिकेट धमाका प्याक सार्वजनिक गरेको छ। लाजिम्पाटस्थित होटल ¥याडिसनमा सुदूरपश्चिम रोयल्स टिमसँगको भेटघाट कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल र सुदूरपश्चिम रोयल्सका प्रमुख स्वतन्त्र प्रताप शाहले संयुक्त रुपमा यो योजना शुभारम्भ गरेका हुन्। यो योजनाअन्तर्गत प्रिपेड र पोष्टपेड मोबाइल प्रयोगकर्ताले ६ सय ९९ रुपैयाँमा ३०० जीबी डाटा प्राप्त गर्नेछन्। यसमा दैनिक १० जीबी डाटा प्रयोग गर्न सकिनेछ भने १० जीबी सकिएपछि बाँकी समय ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा उपलब्ध…

Read More
Banking 

व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड

१५ मंसिर, काठमाडौँ । चालु आर्थिक बर्षको तीन महिनामा मुलुकको व्यापार घाटा चार प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कुल वस्तु निर्यातमा छ दशमलव एक प्रतिशतले कमी आई रु ३८ अर्ब ३८ करोड कायम भएको छ । यस्तै, वस्तु आयातमा चार दशमलव दुई प्रतिशतले कमी आई रु तीन खर्ब ९० अर्ब ७५ करोड कायम भएको छ । गत वर्षको तुलनामा व्यापार घाटामा चार प्रतिशतले गिरावट आई रु तीन खर्ब ५२ अर्ब ३७ करोड रहन गएको छ । यस्तै, विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु…

Read More