नेपालमा दर्ता भयो टिकटक
२१ कार्तिक, काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको जानकारी दिए। ‘टिकटकले प्रक्रिया पुर्याएर आएसँगै आधिकारिक दर्ता भइसकेको छ। तिहारअघि नै दर्ता प्रक्रिया सम्पन्न गरियो,’ उनले भने। टिकटक सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाबमोजिम दर्ता भएको मन्त्रालयका प्रवक्ता ठाकुरले बताए। ‘हामीले राखेका सवै सर्तहरू र निर्देशिकाले व्यवस्था गरेका विषयहरूमा सहमत भएको भनेर टिकटकले पत्राचार गरेको थियो। सोहीबमोजिम दर्ता प्रक्रिया पूरा गरी दर्ता भएको छ,’ उनले भने। टिकटकले कागजात उपलब्ध गराउन कात्तिक तेस्रो…
Read More