Business 

क्लिङ्कर नहुँदा सिमेन्ट उद्योग बन्द

१६ पुस, विराटनगर । कोशी प्रदेशका १३ सिमेन्ट उद्योग आफ्नै क्लिङ्कर नहुँदा सञ्चालन सङ्कटमा परेका छन् । कोशीका १५ सिमेन्ट उद्योगमध्ये १३ सिमेन्ट उद्योगसँग आफ्नै क्लिङ्कर उत्पादन छैन । धनकुटाको निगाले सिमेन्ट उद्योग र उदयपुरको उदयपुर सिमेन्ट उद्योगबाहेकले क्लिङ्कर ल्याएर ग्रान्डिङ गरेपछि उत्पादन गर्न सक्छन् । क्लिङ्कर खरिद गर्दा महँगो पर्ने भएपछि कुनै उद्योग बन्द भएका र कुनै बन्दका चरणमा पुगेका हुन् । कोशी प्रदेशको मोरङमा चार, झापामा आठ, सुनसरीमा एक, उदयपुरमा १ र धनकुटामा एउटा उद्योग सञ्चालनमा छन्, जसमध्ये मोरङको अल्ट्राटेक र अन्नपूर्ण सिमेन्टको उत्पादन बन्द छ । यसै…

Read More
Business 

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङको बढ्यो

१६ पौष, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलरको भाउ स्थिर रहेको छ। युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येन, मलेसियन रिङ्गेट, स्विडीस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनारको भने भाउमा वृद्धि भएको छ। यस्तै, बहराइन दिनारको भने भाउ घट्दा केही विदेशी मुद्राको भाउ भने स्थिर छ। निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा…

Read More
Banking 

कुमारी बैंकको संस्थापक सेयर बिक्रिमा

१५ पुस, काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ५० हजार १९ कित्ता सेयर बिक्रीमा ल्याएको हो । संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आज पुस १५ गतेदेखि ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं(१ नक्साल, नागपोखरी कुमारी बैंक लिमिटेड प्रधान कार्यालय काठमाडौं, टंगालमा पुग्ने गरी आवेदन दिन सक्ने छन् । सो शेयरको बिक्री मूल्य विक्रेताले तोके बमोजिम हुनेछ । सेयर बिक्रीको लागि संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिइएको छ । म्याद…

Read More
Cooperative Main Headlines 

सहकारीमा तोकियो बचतको सीमा

१५ पुस, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी प्रचलित कानुन संशोधन गरेको छ । सहकारी संस्थाको नियामक संरचना, कर्जा र निक्षेपको सुरक्षण, सूचना अदानप्रदान, बचत रकमको सीमालगायतका व्यवस्था गर्दै सरकारले अध्यादेशमार्फत प्रचलित कानुन संशोधन गरेको हो । अध्यादेश आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले जारी गर्नुभएको छ । अध्यादेशले तीन कानुनलाई संशोधन गर्दै एक प्रचलित कानुन खारेज गरेको छ । सहकारी ऐन, नेपाल राष्ट्र बैङ्क ऐन र निक्षेप तथा कर्जा सुरक्षण ऐन अध्यादेशले संशोधन गरेको छ । राष्ट्रिय सहकारी विकास बोर्ड ऐन भने खारेज…

Read More
Business Share Market 

२६०९ अंकमा झर्‍यो सेयर बजार, साढे ४ प्रतिशत घट्यो फाइनान्स

१४ पुस, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २१.१२ अंक घटेको छ । सो अंकको कमीसँगै नेप्से परिसूचक २६०९ मा कायम भएको छ । कारोबार भइरहँदा बजार पौने १ बजे बजार २६४० अंकसम्म पुगे पनि अडिन सकेन । पौने १ बजेपछि बजारमा बिक्री चाप बढ्दा परिसूचक घट्न पुग्यो । कारोबार रकम सामान्य बढेको छ । गत बिहीबार ५ अर्ब ३२ करोडको कारोबार भएकामा आज ५ अर्ब ४७ करोडको भयो । ६९ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने २ को स्थिर रह्यो । माइक्रोफाइनान्स सेक्टर सबैभन्दा धेरै १.१२…

Read More
Main Headlines 

चिलिमे हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१४ पुस, काठमाडौँ । चिलिमे हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार आज पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित २ प्रतिशत नगद लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले नेपाल प्रज्ञाप्रतिष्ठान काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको हो।

Read More
Business Gold & Silver 

सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घट्यो

१४ पुस, काठमाडौं। सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको छ । शुक्रबार ४०० रुपैयाँले बढेको सुनको भाउ आइतबार ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदी १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६२२।६६ अमेरिकी डलर र चाँदी…

Read More
Business 

उत्पादन नहुँदा हेटौँडा सिमेन्टमा आर्थिक सङ्कट

१४ पुस, काठमाडौँ । उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा परेको छ । गत असोज १५ गतेदेखि उत्पादन बन्द हुँदा आर्थिक समस्या बढेको हो । उत्पादन ठप्प भए पनि प्रशासनिक खर्च, कर्मचारीको तलबभत्ता, इन्धन खर्च बढिरहेको उद्योगको उच्च व्यवस्थापनले स्वीकार गरेको छ । आर्थिक सङ्कटका कारण लामो समयदेखि बन्द रहेको उद्योगबाट उपकरण मर्मत हुनेबित्तिकै उत्पादन थाल्नेगरी तयारी भइरहेको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले बताए । उपकरण मर्मत गर्न भारतबाट प्राविधक ल्याउनुपर्ने भएकाले मर्मतमा समय लागेको हो । उद्योगसँग कच्चा पदार्थ पर्याप्त छ । “हामीसँगै…

Read More
Business 

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

१४ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर…

Read More
International 

टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह

१३ पुष, एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जनवरी २० को सपथअघि टिकटक लाई चिनियाँ मालिक बाइटडान्सले बिक्री नगरे प्रतिबन्ध लगाउने कानुन रोक्न सर्वोच्च अदालतलाई आग्रह गर्दै शुक्रबार एक संक्षिप्त निवेदन दर्ता गरेका छन् । ट्रम्पको कानुनी टोलीले लेखेको छ, “यस मुद्दाको नवीनता र कठिनाईलाई ध्यानमा राख्दै, अदालतले यी मुद्दाहरूलाई सम्बोधन गर्न थप समय प्रदान गर्न हालको वैधानिक समयसीमालाई स्थगन गर्न विचार गर्नुपर्छ।” ट्रम्पले सन् २०१७-२१ को पहिलो कार्यकालमा टिकटकको चर्को विरोध गर्नुभएको थियो र राष्ट्रिय सुरक्षाको कारण देखाउँदै भिडियो एपमाथि प्रतिबन्ध लगाउने असफल प्रयास गरे । चिनियाँ…

Read More