Agriculture Society 

प्रति क्विन्टल उखुको समर्थन मूल्य ५ सय ८५ र अनुदान रकम ७० रुपैयाँ

२० कार्तिक, काठमाडौँ । सरकारले उखुको समर्थन मूल्य तोकेको छ । गत बिहीबारको मन्त्री परिषदको बैठकले उखुको समर्थन मूल्य तोकेको हो ।

सरकारले प्रति क्विन्टल उखुको समर्थन मूल्य ५ सय ८५ रुपैयाँ तोकेको छ । यो समर्थन मूल्य गत वर्षको भन्दा २० रुपैयाँले धेरै हो । गत वर्ष सरकारले प्रति क्विन्टल उखुको समर्थन मूल्य ५ सय ६५ रुपैयाँ तोकेको थियो ।

सरकारले यो वर्षका लागि तोकेको समर्थन मूल्य किसनको उत्पादन लागत, ढुवानी भाडा र प्रतिफल समेत गरी न्यूनतम खरिद मूल्य तोकिएको सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । त्यसैगरी सरकारले चालु आर्थिक वर्षका लागि किसानलाई प्रति क्विन्टल ७० रुपैयाँ अनुदान दिने निर्णय गरेको समेत उनले बताए ।

सरकारले मङ्सिर आधा सकिनै लाग्दासमेत सरकारले यो यामका लागि उखुको समर्थन मूल्य तय नगर्दा किसान र उद्योगी दुवै अन्योलमा परेका थिए । उखु काटेर बेच्न लैजान समय घर्किंदै जाँदा सरकारले समर्थन मूल्य तय नगरेको भन्दै किसानले तत्काल समर्थन मूल्य तय गर्न सरकारलाई आग्रह गर्दे आउका थिए ।

राज्यले उखुको समर्थन मूल्य समयमा नतोक्दा शून्य मूल्यमा उखु बेच्नु परेको किसानहरूले गुनासो गर्दे आएका थिए । अर्को याममा काट्ने उखुको समर्थन मूल्य यस वर्ष नै तय हुनुपर्नेमा किसनको माग छ ।

पहिलानै समर्थन मूल्य तय गर्ने व्यवस्था भए किसानलाई फाइदा हुने बताउँदै यसो भएमा उखु लगाउने वा नलगाउने किसानले पहिला नै निर्णय लिन सक्ने अवस्था बन्छ । उखु उद्योगले भने तत्काललाई गत वर्ष सरकारले तोकेको समर्थन मूल्य भुक्तानी गरेर उखु खरिद सुरु गरिसकेका थिए । सरकारले तय गरेको समर्थन मूल्य अनुसारको रकम थपघट पछि गर्ने सहमतिमा उखु खरिद गर्न थालेका थिए ।

यही अवस्था रहिरहे उखु खेती गर्ने वातावरण नभएको भन्दै सरकारले किसानलाई खेती गर्ने सहज वातावरण बनाउनुपर्ने किसानको जोड छ । रौतहट, बारा, महोत्तरी, सिराहासम्मका उद्योगले यसअघि नै उखु लैजान सुरु गरिसकेका छन् ।

Related posts

Leave a Comment