Business Share Market 

कारोबारसँगै बढ्यो सेयर बजार, होटलमा आकर्षण

१७ मंसिर, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १९.९७ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २७५८ मा कायम भएको छ । कारोबार रकमले साढे १० अर्ब नाघेको छ । अघिल्लो दिन ८ अर्ब ८३ करोडको कारोबार भएकोमा आज १० अर्ब ५४ करोडको भयो । १२६ कम्पनीको मूल्य बढ्दा ११२ को घट्यो भने ५ को स्थिर रह्यो । अघिल्लो दिन विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएकोमा सोमबार भने होटल तथा पर्यटन सेक्टरका कम्पनीमा आकर्षण देखियो । सो समूहको सूचक ४.९९ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको १०…

Read More
Gold & Silver 

तोलामा १२०० घट्यो सुन मूल्य

१७ मंसिर, काठमाडौं । सुनको भाउ तोलामा १२०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन १ लाख ५० हजार ५ सय रुपैयाँ थियो । चाँदीको मूल्य पनि २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८४० रुपैयाँ रहेको चाँदी यस दिन १८१५ रुपैयाँमा झरेको छ ।

Read More
Main Headlines Prabas 

वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिने तयारी

१७ मंसिर, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने मिटरब्याजको चपेटामा नपरून् भनेर सरकारले बैङ्कबाट बिनाधितो ऋण उपलब्ध गराउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहज ऋण उपलब्ध गराउने कार्यविधिको मसौदा अन्तिम चरणमा पुर्‍याएको छ । श्रममन्त्री शरतसिंह भण्डारीले तत्काल वैदेशिक रोजगारीको विकल्प नहुन्जेलसम्म वैदेशिक रोजगारीमा जान श्रमिकले चर्को ब्याजदरको ऋण लिनुपर्ने बाध्यता हटाउन बिनाधितो सहुलियत दरको ऋण दिने व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । नेपाली युवा सय कडा ३६ प्रतिशत ब्याजको ऋण लिएर विदेश जान बाध्य भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यो गरिबका लागि ठुलो समस्या हो,…

Read More