Travels & Tourism 

आर्थिक सुधारका लागि पर्यटन

१८ मंसिर, काठमाडौं । आज विश्वको अर्थतन्त्र शिथिल अवस्थामा छ। नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन। हाल बैंकहरूमा पैसा थुप्रिएको छ। तापनि यहाँका उद्यमी व्यवसायीहरूले चाहे जति ऋण लिई विभिन्न व्यवसाय सञ्चालनबाट मुनाफा गरेर बैंकको ऋण तिर्ने अवस्था छैन। फलतः यहाँको अर्थतन्त्र चलायमान हुन सकेको छैन। आयातभन्दा निर्यात बढी घटेकोले अर्थतन्त्र सन्तोषजनक अवस्थामा छैन। विगतमा जस्तै चालू खर्च बढे पनि पुँजीगत खर्च तथा राजस्व अपेक्षाअनुरूप बढाउन सकिएको छैन। विभिन्न विकास कार्यहरू सञ्चालन गर्न आवश्यक वैदेशिक ऋण लिन सरकारले नै ऋण लिनु परेको छ। यस तथ्यबाट अर्थतन्त्र संकटमा रहेको प्रतीत…

Read More
Banking 

बैंकका कर्मचारीको बढ्यो तलब, कुन बैंकको कति ?

१८ मंसिर, काठमाडौं ।  तीन महिनामा बैंकका कर्मचारीहरूको तलब झण्डै १ अर्ब बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को असोजमा बैंकका कर्मचारीहरूको तलब ७.३१ प्रतिशत अर्थात् ९८ करोड ६१ लाख रुपैयाँ बढेको देखिन्छ । २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको असोजसम्ममा कर्मचारीहरूलाई १४ अर्ब ४७ करोड ७२ लाख रुपैयाँ तलब भुक्तानी गरेका छन् । गत वर्षको सोही अवधिमा १३ अर्ब ३४ करोड ८५ लाख रुपैयाँमात्रै कर्मचारीलाई तलबका रूपमा भुक्तानी गरेका थिए । यसपटक १६ वटा बैंकको कर्मचारी खर्च बढेको छ भने ४ वटा बैंकको कर्मचारी खर्च भने घटेको…

Read More
Entertainment 

बोर्डले सार्वजनिक गर्‍यो देशभर सञ्चालनमा रहेका १६६ फिल्म हलको सूची

१८ मंसिर, काठमाडौं । चलचित्र विकास बोर्डले मुलुकभर सञ्चालनमा रहेका फिल्म हलहरूको सूची सार्वजनिक गरेको छ । जसअनुसार, अहिले देशभर सञ्चालनमा रहेका हलको संख्या १६६ छ । बोर्डले सोमबार सातै प्रदेशमा संचालनमा रहेका हलको सूची बाहिर ल्याएको हो । केही साताअघि उपत्यका बाहिरका केही हललाई लिएर बोर्ड र चलचित्र संघ आमनेसामने भएका थिए । यो पृष्ठभूमिमा बोर्डले सञ्चालनमा रहेका हलको सूची सार्वजनिक गरेर चलचित्र संघमाथि दबाब बढाउन खोजेको विश्लेषण गरिएको छ । बोर्डले यसअघि मोफसलका २० हल नवीकरण नभएको भन्दै ती हललाई फिल्म उपलब्ध नगराउन प्रमुख वितरण कम्पनीलाई भनिसकेको छ…

Read More
Business 

उडान अनुमति नलिदा भैरहवाबाट कतार एयरवेजको उडान रोकियो

१८ मंसिर, भैरहवा । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान रोकिएको छ । एयरवेजले भैरहवा विमानस्थलबाट कार्तिक २७ गतेदेखि मंसिर १५ गतेसम्म उडान अनुमति लिएको थियो । त्यसपछि उसले अनुमति नलिदा उडान रोकिन पुगेको हो । एयरवेजले गत कार्तिक २७ गते देखि वाइडबडी विमान एयरबस ३३० बाट दैनिक दोहा भैरहवा काठमाडौं दोहा रुटमा व्यवसायिक उडान सुरु गरेको थियो । कतार एयरवेजले मंसिर १५ गतेसम्म मात्र उडान अनुमति लिएकोले भैरहवाबाट एयरवेजको उडानको रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । उनले भैरहवाबाट मंसिर १५ पछि पनि उडानका लागि…

Read More
Share Market 

प्रि ओपन सेसनमा नेप्से परिसूचक १४ अंकले बढ्यो

१८ मंसिर, काठमाडौं । प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १४.७० अंकले बढेर २७७२.७४ विन्दुमा पुगेको हो। यो समयमा ६४ स्क्रिप्सको १३ हजार ६४८ कित्ता सेयर ७६ लाख ७५ हजार ७६५ रुपैयाँमा कारोबार भए। प्री ओपन सेसनमा ४६ स्टक्सको मूल्य बढ्दा १६ वटाको घट्यो। बाँकी २ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

Read More
Gold & Silver 

सुनको भाउ १ लाख ५० हजार नाघ्यो

१८ मंसिर, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा १ हजारले बढेको हो । हिजो १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ ३० रुपैयाँले बढेर १८ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Read More
Business 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१८ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, स्वीस फ्रयाङ्क, सिङ्गापुर डलर, बहराइन दिनार, ओमानी रियाललगायतको मूल्यवृद्धि भएको छ । यस्तै, युरोपियन युरो, स्वीस फ्रयाङ्कलगायतको मूल्य घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९७ पैसा, युके पाउण्ड…

Read More
Agriculture Society 

सधैँ महँगो भान्सा

१८ मंसिर, काठमाडौं । गत असोजको अविरल वर्षापछि काठमाडौँ उपत्यकामा बढेको तरकारीको भाउ अहिलेसम्म घट्न सकेको सकेको छैन, बरु दिनदिनै बढ्दो छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो वर्षभन्दा यस वर्ष मौसमी तरकारी साग, काउली, बन्दा, गोलभेँडा, मुलालगायतको भाउ उच्च छ । तरकारीको आपूर्ति कम, बजारका तह धेरै हुनु र बजार अनुगमन फितलो भएकाले तरकारीको भाउ घट्न नसकेको हो । गत वर्ष मङ्सिरको तेस्रो सातामा गोलभेँडा प्रतिकेजी ७०/७५ रुपियाँमा थोकमा किनबेच भएकामा यस वर्षको मङ्सिर तेस्रोमा गोलभेँडाको भाउ बढेर प्रतिकेजी १००/१२० रुपियाँ थोकमै कारोबार भइरहेको छ…

Read More