Banking Business 

मुक्तिनाथ बैंक र एनसीएचएलबीच सम्झौता

१९ मंसिर, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार मुक्तिनाथ बैंकको नेपाल पे क्यूआर तथा यसमा इन्टरअपरेबल मर्चेन्ट क्यूआरमा अलिपे प्लसको नेटवर्क मार्फत नेपालमा भुक्तानी गर्न सकिने भएको छ । यसबाट चाइना, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिय, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, साउथ कोरिया, स्विडेन, इटली लगाएतको देशबाट नेपाल आएका पर्यटकले डोमेस्टिक वालेट मार्फत बैंकको नेपाल पे क्यूआर तथा यसमा इन्टरअपरेबल मर्चेन्ट क्यूआरमा सजिलै भुक्तानी गर्न सकिने छ । यस प्रकारको सेवाले विदेशी पर्यटकलाई नगद बोक्ने झन्झट नहुनुको साथै नेपालको…

Read More
Business 

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

१९ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर, चिनियाँ युआन, मलेसियन रिङ्गेट, हङकङ डलरलगायतका विदेशी मुद्राको मूल्य घटेको छ । यस्तै, सिङ्गापुर डलर, बहराइन दिनार, ओमानी रियाललगायतको मूल्य वृद्धि भएको छ । जापानी येन, कतारी रियाल, स्वीस फ्रयाङ्कको भने मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपियाँ २० पैसा र बिक्रीदर एक सय ३५ रुपियाँ ८० पैसा कायम…

Read More
Business Corporate 

कतार एयरवेजले रोक्यो भैरहवा उडान

१९ मंसिर, भैरहवा । दैनिक व्यावसायिक उडान गर्दै आएको कतार एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा उडान रोकेको छ । एक महिनाको उडान अनुमति लिएर दोहा–भैरहवा–काठमाडौँ–दोहा दैनिक एउटा उडान गरेको कतार एयरवेजले आफ्नो उडान स्थगित गरेको हो । गत कात्तिक २७ गतेदेखि कतार एयरवेजले वाइडबडी विमान एयरबस ३३० मार्फत व्यावसायिक उडान गरिरहेको थियो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदकुमार राउतका अनुसार कतार एयरवेजले गौतम बुद्ध विमानस्थलमा उडान भर्न मङ्सिर १५ गतेसम्म उडान अनुमति लिएको थियो । त्यसपछि उसले अनुमति लिएको छैन । राउतले भन्नुभयो, “पहिला लिएको अनुमति सकिएको…

Read More