Main Headlines 

न्युरो केयर फाउन्डेशन नेपालको साधारण सभा सम्पन्न

२३ मंसिर, काठमाडाैं । काठमाडौं मंसिर २१ न्युरो केयर फाउन्डेशन नेपाल न्युरोसम्बधि रोगहरुको क्षेत्रमा चिकित्सा सेवालाई अगाडि बढाउने र आर्थिक रुपले विपन्न ब्यक्तिहरुलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य ले स्थापन गरिएको संस्था हो । न्युरो केयर फाउन्डेशन नेपालले आप्mनो पहिलो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । पहिलो साधारण सभावाट कार्यसमिति चयन गरीएको छ । सात सदस्यीय कार्यसमितिमा प्रो.डा. गोपाल रमण शर्मा को अध्यक्ष सहित प्रो.डा. राजीव कुमार झा, डा. प्रसन्ना कार्की, डा. अनिस मान सिंह, डा. विनोद राज भण्डारी, डा.रुपेन्द्र वहादुर अधिकारी, डा.सुमित जोशी । न्युरो केयर फाउन्डेशन नेपाललाई…

Read More
Business Share Market 

सेयर बजारमा उच्च गिरावट, २७ सयमुनि नेप्से

२३ मंसिर, काठमाडौं । आइतबार सेयर बजारमा उच्च गिरावट देखिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ४५.९३ अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से २६८९ मा कायम भएको छ । बजारमा उच्च गिरावट हुँदा कारोबार रकम घटेको छ । अघिल्लो दिन ८ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोडको भयो । कुल २७ कम्पनीको मूल्य बढ्दा २१४ को घटेको छ भने ३ को स्थिर रह्यो । सबै सेक्टरका सूचक घटेका छन् । लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै ३.०७ प्रतिशत घट्यो । बैंकिङ १.८६, विकास बैंक…

Read More
Banking 

लक्ष्मी सन्राइज बैंकले गर्यो ललितपुरमा सेवा विस्तार

२३ मंसिर, काठमाडौं । लक्ष्मी सन्राइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको काठमाडौं महानगरपालिका वडा न. २२ स्थित पाको, न्यु रोडमा रहेको शाखालाई ललितपुर महानगरपालिकाको वडा न. ९ स्थित पाटनको च्यासलमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले न्यु रोडमै रहेको अर्को शाखा (अघिल्लो शाखाबाट ३०० मिटर पूर्व तर्फ) मार्फत सेवा लिन सकिने छ । स्थानान्तरण भए सँगै लक्ष्मी सन्राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई…

Read More
Business Gold & Silver 

आइतबार पनि घट्यो सुनको भाउ

२३ मंसिर, काठमाडाैं । साताको पहिलो कारोबार दिन आज आइतबार सुनको भाउ ४०० रुपैयाँले घटेको छ । शुक्रबार ६०० रुपैयाँले घटेको सुन आज ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, शुक्रबार प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण…

Read More
ipo 

पचास अर्बको आइपिओ आउँदै

२३ मंसिर, काठमाडौँ । धितोपत्र बोर्ड नेपाल (सेबोन) ले नयाँ अध्यक्ष पाएसँगै आमसर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) आउने बाटो खुल्ने भएको छ । बोर्डमा अध्यक्ष नहुँदा लामो समयदेखि सर्वसाधारणका लागि आइपिओ जारी गर्न अनुमति माग्दै बोर्ड पुगेका कम्पनीको सङ्ख्या ८० पुगेको छ । बोर्डले सबै आवेदकको अनुमतिका लागि प्रक्रिया जारी रहेको जनाएको छ । यसबाहेक छ कम्पनीले आफ्नो पुँजी वृद्धि गर्न धितोपत्रको थप निष्कासन (एफपिओ) का लागि पनि आवेदन दिएका छन् । बोर्डका अनुसार सबै गरी करिब ४९ अर्ब ४८ करोड ३० लाख रुपियाँ बराबरको ३४ करोड १० लाख एक…

Read More