न्युरो केयर फाउन्डेशन नेपालको साधारण सभा सम्पन्न
२३ मंसिर, काठमाडाैं । काठमाडौं मंसिर २१ न्युरो केयर फाउन्डेशन नेपाल न्युरोसम्बधि रोगहरुको क्षेत्रमा चिकित्सा सेवालाई अगाडि बढाउने र आर्थिक रुपले विपन्न ब्यक्तिहरुलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य ले स्थापन गरिएको संस्था हो ।
न्युरो केयर फाउन्डेशन नेपालले आप्mनो पहिलो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । पहिलो साधारण सभावाट कार्यसमिति चयन गरीएको छ । सात सदस्यीय कार्यसमितिमा प्रो.डा. गोपाल रमण शर्मा को अध्यक्ष सहित प्रो.डा. राजीव कुमार झा, डा. प्रसन्ना कार्की, डा. अनिस मान सिंह, डा. विनोद राज भण्डारी, डा.रुपेन्द्र वहादुर अधिकारी, डा.सुमित जोशी ।
न्युरो केयर फाउन्डेशन नेपाललाई प्रो.डा. गोपाल रमण शर्मा ज्यू को तर्फ वाट रु ५०००००।(रु पाँच लाख) सहयोग गर्नु भएको छ । साथै प्रो.डा. राजीव कुमार झा को तर्फ वाट रु ३०००००।(रु तिन लाख) सहयोग गर्नु भएको छ।