Business Share Market 

२६७६ अंकमा झर्‍यो सेयर बजार, घट्यो कारोबार

२४ मंसिर, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २६७६ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १२.८४ अंक घटेको हो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ६२ करोड रुपैयाँको भयो । ९२ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने १३ को स्थिर रह्यो । सेक्टरअनुसार उत्पादन १.०६, लगानी ०.७६, तथा फाइनान्स ०.१५ प्रतिशत बढे । बैंकिङ ०.४६, विकास बैंक ०.६८, होटल तथा पर्यटन ०.८३, हाइड्रोपावर ०.५४, जीवन बीमा १.६७, माइक्रोफाइनान्स ०.६१, निर्जीवन बीमा १.१६…

Read More
Banking 

नबिल बैंकले सुरु गर्‍यो अपोइन्टमेन्ट बैंकिङ प्रणाली

२४ मंसिर, काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकको समय व्यवस्थापनलाई ध्यानमा राख्दै अपोइन्टमेन्ट बैंकिङ प्रणालीको सुरुवात गरेको छ। यस प्रणालीको मद्दतले ग्राहकले आफ्नो अनुकूल समयमा बैंकिङ सेवा लिन सक्ने भएका छन्। हाललाई यो सेवा बैंकको मुख्य कार्यालय तीन धाराबाट सुरु गरिएको बैठकले जनाएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाका अनुसार प्रविधिको प्रयोगमार्फत छरितो र कुशल सेवा दिन यो प्रणाली सुरु गरिएको हो। उनले भने, “हामी ग्राहकहरूको चाहानालाई महसुस गर्दै नवीन समाधानहरू प्रदान गर्न कटिबद्ध छौँ । अपोइन्टमेन्ट बैंकिङ प्रणालीले समय व्यवस्थापनमा सहयोग गर्ने, कुशल सेवा उपलब्ध गराउने…

Read More
Business Travels & Tourism 

साना तथा मझौला होटल व्यवसायलाई प्रोत्साहनसँगै पर्यटकीयप्रवद्धनमा टेवा पुर्याउदै इसेवा

२४ मंसिर, काठमाडौं । सन् २००९ मा स्थापना भएको नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शुरुवाती दिनदेखि नै भुक्तानी क्षेत्रमा एउटा नयाँ आयम ल्याएको कुरा त सबैलाई अवगत नै छ । हाल केही वर्ष यता भुक्तानी क्षेत्रमा मात्र नभएर अन्य विभिन्न क्षेत्रहरुमा पनि कार्य योगदान पुर्याउदै आएको इसेवाले सेवा विस्तारको क्रममा अहिले नेपालको ७७ जिल्लाको ७५३ वटै स्थानिय निकायहरुमा आफ्नो एजेन्ट नेटवर्क पुर्याउन सफल रहेको छ । प्रत्येक नेपालीको हात-हातमा पुगिसकेको इसेवा एउटा व्यक्तिलाई दैनिक जीवनमा आवश्यक पर्ने सबै प्रकारका सेवाहरुको भुक्तानी गर्ने माध्यम बन्नुका साथै इसेवा…

Read More
Business 

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

२४ मंसिर, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ५४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ३० र बिक्रीदर एक सय ७३ रूपैयाँ ०७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रूपैयाँ ८८ पैसा र बिक्रीदर एक सय…

Read More
Banking Business 

नेपाल अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन हुने

२४ मंसिर, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी फेब्रुअरी पहिलो साता नेपाल अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन आयोजना गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्व समालेपछिका सफलता र कार्ययोजनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो कुरा बताउनुभयो । उहाँले नयाँ कार्यकारिणी समितिले आर्थिक उत्थान तथा व्यावसायिक हितको लबिङमा निरन्तर सफलता मिल्दै आएको दाबी गर्नुभयो । भेटघाटमा अध्यक्ष ढकालले आफू नेतृत्वमा आएसँगै मुलुकको समग्र आर्थिक उत्थान, व्यवसायीको हकहितको रक्षा र राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा विशेष भूमिका खेलेको बताउनुभयो । “कार्यभार समालेकै भोलिपल्ट निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धानको…

Read More