बैंकिङले उचाल्यो सेयर बजार, नेप्से २७ सय माथि
२६ मंसिर, काठमाडौं । लगातार विगतका ६ कारोबार दिन घटेको सेयर बजार बुधबार बढेको छ । बैंकिङ सेक्टरले नै बुधबारको बजारलाई बढाएको छ । लामो समयसम्म यो सेक्टर घट्दा नेप्से परिसूचकलाई प्रभाव पारेको थियो । नेप्से ४५.८८ अंक (१.७१ प्रतिशत) बढेसँगै २७१५ मा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ५ अर्ब ५ करोडको भयो । २११ कम्पनीको मूल्य बढ्दा २९ को घट्यो भने ३ को स्थिर रह्यो । यस दिन बैंकिङ सेक्टर सबैभन्दा धेरै ३.४३ प्रतिशत बढ्यो ।…
Read More