Banking 

तीन वाणिज्य बैंकको ब्याजदर बढ्दा तीनको घट्यो, अन्यको पुरानै (सूची)

३० मंसिर, काठमाडाैं । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। आइतबार सार्वजनिक ब्याजदरअनुसार १४ वाणिज्य बैंकले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन्। तीन वाणिज्य बैंकले ब्याज थोरैले बढाएका छन् भने बाँकी तीन बैंकले घटाएका छन्। पुसा महिनामा एनएमबी बैंक, प्राइम कमर्सियल बैंक र कृषि विकास बैंकले ब्याजदर बढाउँदा नेपाल बैंक, सानिमा बैंक र एनआईसी एसिया बैंकले भने मंसिरको तुलनामा पुसका लागि ब्याजदर घटाएका हुन्। नेपाल बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ०.३५ प्रतिशतले घटाएर ५.५६ प्रतिशत ब्याज कायम गर्दा एनआईसी एसियाले ०.१९ प्रतिशतले घटाएर ६.६ प्रतिशत र सानिमा बैंकले ०.१…

Read More
Business Gold & Silver 

सुनको मूल्य एकैदिन प्रतितोला २२ सय रुपैयाँले घट्यो

३० मंसिर, काठमाडाैं । आइतबार सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, शुक्रबार प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६४८.९५ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३२.५६…

Read More
Agriculture 

एकै वर्षमा तीन करोडबढीको कृषि उपज बिक्री

३० मंसिर, म्याग्दी । यहाँको बेनी नगरपालिका–४ सिङ्गामा सञ्चालित हरियाली कृषि फार्मले एक वर्षको अवधिमा रु तीन करोडभन्दा बढी मूल्यको कृषि उपज बिक्री गरेको छ । गत आर्थिक वर्ष २०८०–८१ मा रु तीन करोड १६ लाख ६३ हजार चार सय ७८ मूल्य बराबरको अण्डा, सागसब्जी, माछा, फूल, मल आदि कृषिजन्य वस्तु बिक्री गरेको उक्त कम्पनीले जनाएको छ । कम्पनीले प्राकृतिक उपचारस्थलका रूपमा परिचित सिङ्गा तातोपानीमा स्नान र भ्रमणमा आउने पाहुनाका लागि सिङ्गामा रेष्टुरेष्ट र होटल पनि सञ्चालन गरेको कम्पनीका अध्यक्ष शेरबहादुर केसीले जानकारी दिए । गत वर्षको तुलनामा तरकारी तथा फलफूल,…

Read More