सोमबार बढ्यो सुनको भाउ
०१ पुस, काठमाडाैं । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेको छ । आइतबार २२ सय रुपैयाँ घटेको सुन आज ४०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला एक लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आइतबार प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६५४.४१ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०.५५ डलरमा कारोबार भइरहेको छ।