महालक्ष्मी विकास बैंकले ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने
०१ पुस, काठमाडौं । महालक्ष्मी विकास बैंकले ७ प्रतिशत लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको १ पुसमा बसेको ६१०औं बैठकले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफा रकमबाट २०८१ असार मसान्तमा कायम रहेको चुक्ता पूँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार ६ सयको ७ प्रतिशतका दरले हुन आउने २९ करोड १९ लाख ९२ हजार ३ सय २ रुपैयाँ बराबर लाभांश घोषणा गरेको हो ।
बैंकका अनुसार चुक्ता पूँजीको ३ प्रतिशतले हुन आउने १२ करोड ५१ लाख ३९ हजार ५ सय ५८ रुपैयाँ बोनस सेयर दिइने छ । यो लाभांशमा लाग्ने कर प्रयोजनार्थ सहित हो ।
त्यसैगरी चुक्ता पूँजीको ४ प्रतिशतका दरले हुन आउने १६ करोड ६८ लाख ५२ हजार ७ सय ४४ रुपैयाँ नगद लाभांश दिइने बैंकले जनाएको छ ।