मंसिरमा बढ्यो घरजग्गा कारोबार, राजस्व पनि वृद्धि
०२ पुस, काठमाडाैँ । चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरमा देशभर ४३ हजार तीन सय ७९ संख्यामा घरजग्गा कारोबार भएको छ। यो कारोबार कात्तिकको तुलनामा २९.४३ प्रतिशतले बढी हो। कात्तिकमा देशभर ३३ हजार पाँच सय १४ संख्यामा घरजग्गा कारोबार भएको थियो। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार साउनमा देशभर ४३ हजार ८ सय संख्यामा घरजग्गा कारोबार भएको थियो। त्यसपछिका महिना भदौ, असोज र कात्तिकमा क्रमशः देशभर घरजग्गाको कारोबार घटेको थियो। साउनको तुलनामा भदौमा २५.१७ प्रतिशतले घरजग्गा कारोबार घटेको थियो। भदौमा देशभर ३२ हजार सात सय ९८ संख्यामा घरजग्गा कारोबार भएको…
Read More