Technology 

अब ह्वाट्सएप र टोल फ्री नम्बरबाटै च्याटपीटीसँग कुरा गर्न सकिने

०४ पुस, काठमाडौं । ओपनएआईले आफ्नो लोकप्रिय च्याटबट च्याटजीपीटीलाई अझ पहुँचयोग्य बनाउने घोषणा गरेको छ । कम्पनीले ‘ट्वेल्भ डेज अफ ओपनएआई’ अभियान अन्तर्गत हालै सामान्य फोन वा ल्यान्डलाइन नम्बर र ह्वाट्सएप कलमार्फत च्याटजीपीटीसँग कुरा गर्न सकिने सुविधा ल्याएको हो । फोन नम्बरबाट च्याटजीपीटीसँग कुरा गर्ने सुविधा हाल अमेरिका र क्यानडाका प्रयोगकर्ताका लागि उपलब्ध छ । त्यहाँका प्रयोगकर्ताले ‘1-800-CHATGPT’ डायल गरी च्याटजीपीटीसँग एक पटकमा १५ मिनेटसम्म कुरा गर्न सक्छन् । त्यस्तै विश्वभरका अन्य प्रयोगकर्ताहरूले ह्वाट्सएप नम्बर 1-800-242-8478 मा मेसेज गरेर च्याटजीपीटीसँग कुराकानी गर्न सक्नेछन् । अब कुनै पनि फोनबाट च्याटजीपीटीमा पहुँच…

Read More
Business Share Market 

साताको अन्तिम दिन उच्च अंकले घट्यो सेयर बजार

०४ पुस, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर परिसूचक नेप्सेमा पुनः उच्च अंकको गिरावट आएको छ । अघिल्लो बिहीबारदेखि निरन्तर घटिरहेको सेयर बजार यो साताको मंगलबार सीमान्त रूपमा बढे पनि अन्य सबै दिनमा गिरावाट आएको हो । बुधबार ५.६० अंकले घटेको सेयर बजार बिहीबार ३१.४३ अंकले घटेर २५ सय ९६ दशमलव ८२ बिन्दुमा आइपुगेको हो । बिहीबार कारोबार रकम भने बुधबारको तुलनामा सीमान्त रूपमा बढेर ४ अर्ब ७६ करोड पुगेको छ । यो साता समग्रमा सेयर परिसूचक ८६ अंकले घटेको छ, यो ३ दशमलव २ प्रतिशतको गिरावट हो…

Read More
Banking 

कृषि विकास बैंकले घोषणा गर्यो लाभांश

०४ पुष, काठमाडाैं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको हाे। बैंकको सञ्चालक समितिको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १० दशलमव ५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कुल लाभांशमध्ये ३ प्रतिशतका दरले बोनश शेयर र ७ दशलमव ५३ प्रतिशत नगद (लाभांशमा लाग्ने कर प्रयोजन समेतका लागि) लाभांश घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण…

Read More
Education 

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

०४ पौष, भक्तपुर । यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले उक्त व्यवस्था लागु गर्न लागेको हो । यसै वर्षदेखि लागू हुने गर्न लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी यस वर्षदेखि जुन विषयमा एनजी आएको हो त्यही विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । कक्षा आठ, १० र १२ मा सबै विषयमा अनिवार्य रुपमा सैद्धान्तिकमा ‘डी’ र प्रयोगात्मकमा ‘सी’ ल्याउनैपर्ने व्यवस्था…

Read More
Business Corporate Main Headlines 

भारतीय लगानीकर्ताको चासोपछि विराटनगर जुट मिलको लेखा परीक्षण

०४ पौष, विराटनगर । भारतीय लगानीकर्ताले चासो बढाएपछि विराटनगर जुट मिलको छ वर्षदेखिको लेखा परीक्षण सुरु गरिएको छ । नेपालको पहिलो उद्योग जुट मिल २०७८ जेठ २४ गतेदेखि आधिकारिक समितिविहीन बनेको थियो । सरकारले २०८१ जेठ ३० गते सञ्चालक समिति सदस्य नियुक्त गरेपछि २०८१ असार ५ गते राजेन्द्र कार्की अध्यक्ष चयन हुनुभएको थियो । अध्यक्ष कार्कीका अनुसार सरकारले टीकाराज ढकाल, सेयर सदस्यबाट मुकुन्द नेपाल र वाणिज्य कार्यालय विराटनगरका प्रमुख तथा कोष तथा नियन्त्रण कार्यालयका प्रमुख पदेन सदस्य रहने गरी सञ्चालक नियुक्त गरेको थियो । सञ्चालक समितिले २०७५ सालदेखिको आन्तरिक लेखापरीक्षणको…

Read More